सहकारी व्यवस्थापन तालिम सम्पन्न


तेह्रथुम, मंसिर १८ । तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा सहकारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम संचालन भएको छ ।
तालिममा सहकारीको परिभाषा, महत्व, फाईदा, आवश्यकताको बारेमा दलित सचेतना समाज ड्यास तेह्रथुमका सामाजिक परिचालक जनक दासले जानकारी दिएका छन् ।
तालिममा पञ्चकन्या र ओख्रे महिला सहकारी संस्थाका पच्चिस जना सहभागि रहेका छन् । तालिमको सहजिकरण छथर वचत तथा सहकारी संस्थाका व्यवस्थापक भरत बस्नेत र दुर्गा प्रसाद खतिवडाले गरेका थिइए । तालिम दलित सचेतना समाज ड्यास तेह्रथुमको आयोजना, एक्सनएड नेपालको व्यवस्थापनमा युरोपियन कमिसन अन्तर्राष्ट्रिय नेपालको सहयोगमा सुरु भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन