प्याक्टको पूरक अनुदानमा अनुगमन


रुपन्देही, ३० कार्तिक -कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले शनिबार व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को पूरक अनुदानमा रुपन्देही जिल्लाको सेमलार गाविस वडा नं ३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उपआयोजनाको अनुगमन गर्नुभएको छ । अनुगमन टोलीमा प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्की पनि सहभागी हुनुहुनथ्यो । सचिव खनाल आयोजना राष्ट्रिय निर्देशन समितिको अध्यक्ष हुनुहुन्छ ।
साना किसान कृषि सहकारी आयोजनाको तेस्रो आह्वान अन्तर्गत पूरक अनुदानमा दुग्ध पदार्थको उत्पादन, संकलन तथा बजारीकरण उपआयोजना सञ्चालनमा ल्याएको हो । अनुगमनकै क्रममा सचिव खनालले सहकारीले आयोजनाको अनुदान सहयोगमा निर्माण गर्न लागेको दुग्ध कारखाना भवनको शिलन्यास पनि गर्नुभयो । उक्त कार्यक्रममा सचिव खनालले सहभागी किसानहरुसँंग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले कृषि क्षेत्रमा केही गर्छु भनेर कम्मर कसेका व्यवसाकि किसान, सहकारी तथा कृषि व्यवसायीहरु सहयोग गर्दैजाने बताउनुभयो । अनुगमकै क्रममा आयोजना निर्देशक कार्कीले कृषि क्षेत्रको व्यवसायीकरण नेपालको आवश्यकता भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय पोखराका प्रमूख तथा वरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत डा.रामनन्दन तिवारी तथा जिल्लास्थित कृषि विकास कार्यालय तथा पशुसेवा कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु, राजनीतिक दलका स्थानीय नेताहरुलगायतको उपस्थिति थियो ।

आयोजना व्यवस्थापन तालिमका सहभागहिरुसँंग अन्तरक्रिया
कृषि विकास मन्त्रालयका सचिव खनाल तथा प्याक्टका आयोजना निर्देशक कार्कीले भैरहवामा आयोजित उपआयोजनाका व्यवस्थापकहरुको तालिमका सहभागीहरुसँंग अन्तरक्रिया गर्नुभएको छ । अन्तरक्रियामा सहभागीले सोधेका मन्त्रालयसँंग सम्बन्धित प्रश्नहरको जवाफ सचिव खनालले दिनुभएको थियो भने आयोजनासँंग सम्बन्धित प्रश्नहरको जवाफ आयोजना निर्देशकले दिनुभएको थियो। तलिम सत्रमा पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तेस्रो आह्वान अन्तर्गत कार्यान्वयनमा आएका उपआयोजनाका व्यवस्थापकहरु सहभागी थिए । तालिममा आयोजना व्यवस्थापन, लेखा व्यवस्थापन, सामाजिक तथा वातावरणीय सुरक्षा आदि विषयमा सम्बन्धित विषयका विज्ञहरुद्धारा तालिम सत्र सञ्चालन गरिएको थियो ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना, नेपाल सरकारले विश्वबैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।

1 (6)
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदानमा रुपन्देही जिल्लाको सेमलार गाविस वडा नं ३ स्थित साना किसान कृषि सहकारीले निर्माण गर्ने दुग्ध पदार्थ संकलन तथा प्रशोधन भवनको शिलन्यासका क्रममा ।

2 (4)

शिलन्यास कार्यक्रममा सहभागी कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल (दायाँबाट दोस्रो ) र व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्की (दायाँ) ।

3 (3)

सहभागीहरु


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक