सहकारीमा पल्र्स मनिटरिङ प्रविधि अपनाइने


सिमरा,मंसिर १८ । सहकारी पल्र्स, नीति, योजना र नेतृत्व विकाससम्वन्धी एक दिने अभिमुखीकरणसम्वन्धी एक दिने अभिमुखीकरण गोष्ठि आज सिमरामा आयोजना भएको छ ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा आयोजित गोष्ठिको उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले मुलुकभरका सहकारी क्षेत्रको विविधता, सम्भावना र जोखिमहरुलाई व्यवस्थापन गर्न सबै बचत तथा ऋण सहकारीहरुलाई एकीकृत स्वरुपमा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । नेफ्स्कूनले सहकारी क्षेत्रका उपलव्धि र सम्भावनाहरुलाई संस्थागत गर्दै वित्तिय अनुशासनको दायराभित्र सुशासित बनाउन भूमिका खेलिरहेको बताउदै पौड्यालले त्यसका लागि सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले बारा जिल्ला र मध्यतराईको सहकारी अभियानले समुदायमा आर्थिक चेतना र जागरण पैदा गरेको र अव गुणात्मक र नमूना सञ्चालन पद्धतिलाई स्थापित गर्न अग्रसरता जरुरी रहेको बताउनुभयो । बचत तथा ऋण सहकारीले समुदायको जीवनपद्धति सुधार र आत्मनिर्भर अर्थतन्त्र विकासका लागि भूमिका खेल्नुपर्ने बताउदै पौडेलले सदस्यहरुवीच उद्यम र उत्पादनमा आधारित बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

गोष्ठिमा बोल्दै नेफ्स्कूनका सञ्चालक दीपक पनेरुले सहकारीहरुले स्थानीय तहमा कृषि उद्यम र व्यवसायको प्रवद्र्धन गर्न जिम्मेवार हुनुपर्ने बताउनुभयो । अहिले सहकारी क्षेत्रमा देखिएका विकृति र जोखिमहरुको अन्त्य गर्न नेफ्स्कूनले प्रस्तुत गरिरहेको नीति र कार्यक्रमहरुमा सक्रिय सहभागी हुन पनेरुले आग्रह गर्नुभयो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण लेखा संयोजक शालिकराम अधिकारी र स्वागत कोषाध्यक्ष अनिता अधिकारी लम्सालले गर्नुभएको थियो ।

गोष्ठिमा ४० बचत तथा ऋण सहकारी संस्थाका ६५ पदाधिकारीहरुको सहभागिता रहेको छ । गोष्ठिले सहकारीहरुलाई क्षमता अभिवृद्धि र वित्तिय जोखिमरहित बनाउन सहयोग पुग्ने संघका उपाध्यक्ष शम्भु रामले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न