बेलकोट कृषि सहकारी गठन, अध्यक्षमा पत्रकार  भोलाराज पौडेल


नुवाकोट, मंसिर १८ । बेलकोट गाउँ विकास समितिका किसानहरुले बेलकोटगढी कृषि सहकारी संस्था गठन गरेका छन् । किसानहरुको भेलाले कृषिमा आधुनिकरण गर्दै व्यवसायिक खेती प्रणालीको विकास गर्ने उद्देश्यले कृषि सहकारीको गठन गरेका हुन् । नवगठित सहकारीको अध्यक्षमा भोलाराज पौडेल रहनुभएको छ ।

नुवाकोट एफएमका समाचार संयोजक र राजधानी दैनिकका नुवाकोट संवाददातासमेत रहेका अध्यक्ष पौडेलले कृषि क्षेत्रको व्यवसायिक विकासका लागि सहकारीको माध्यमबाट यस क्षेत्रका कृषकहरुको आर्थिक विकास गर्न सहकारीको स्थापना गरेको बताउनुभयो । । उहाँले पत्रकारिता, कृषि र सहकारीताको विकास एक साथ गर्न सकिने उहाँको भनाई थियो । 

सहकारीको उपाध्यक्षमा गोपी त्रिपाठी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा राजेन्द्र त्रिपाठी चयन हुनुभएको छ । डिभिजन सहकारी कार्यालयमा दर्ता भएको सहकारीको सञ्चालक सदस्यहरुमा लक्ष्मीकुमारी खेढाई, जयराम पाण्डे र रमेश कँडेल रहनु भएको छ ।
सेयर सदस्इहरुको भेलाले कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन भएको छ । सदस्यहरुमा सन्तोष कँडेल र राजकुमार पौडेल रहनुभएको छ । यस्तै राजेन्द्र त्रिपाठी संयोजक र हरि जम्कटेल र कृष्णबहादुर मानन्धर सदस्य रहेको ऋण समितिसमेत गठन भएको सहकारीका सचिव प्रकाशकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै बासुदेव कँडुवाल, माधवप्रसाद पौडेल, मानबहादुर राना, राजाराम पाण्डे र राजाराम पौडेललाई सहकारीको सल्लाहकार समितिमा चयन गरेको सहकारीले जनाएको छ । सहकारीले कृषकहरुलाई व्यवसायिक सीप तथा क्षमता विस्तार, उपकरण, मलखाद, औषधिलगायतमा सदस्यहरुलाई सेवा उपलब्ध गराउने लक्ष्य सहकारीले लिएको छ । सहकारीमा ३२ जना सेयर सदस्य रहेका छन् ।

बेलकोट गाविसभर कार्यक्षेत्र रहेको सहकारीले कृषकहरुलाई सहुलियत रुपमा कर्जा लगानी तथा अन्य सुविधाहरु प्रदान गर्ने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन