युनाइटेडले १५ प्रतिशत लाभांश दिने


काठमाडौं, मंसिर १८ । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना शेयर धनीहरुलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीले २० औं वार्षिक साधारणसभाका अवसरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले १५ प्रतिशतले हुन आउने ५ करोड २६ लाख २० हजार १ सय ८० रुपैयाँ र जिरो दशमलव ७९ प्रतिशतले हुन आउने २७ लाख ६९ हजार नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले २०७०÷७१ मा खुद मुनाफा ८ करोड ४१ लाख ३८ हजार गरेको छ ।
कम्पनीले अघिल्लो आबको तुलनामा २७ दशमलव ११ प्रतिशतले वृद्वि गरी ३७ अर्ब ८१ करोड ४० लाख निक्षेप संकलन गरेको छ । त्यस्तै २३ प्रतिशतले कर्जा वृद्वि गरी ३२ अर्ब १२ करोड ४० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले आव २०६९÷७० मा २९ अर्ब ७५ करोड निक्षेप संकलन गरी २६ अर्ब १० करोड ६० लाख कर्जा प्रवाह गरेको थियो ।
कम्पनीको प्राथमिक शेयर पूँजी ४९ करोड ९० लाख १० हजार र कुल पूँजी कोष ५३ करोड २७ लाख ४६ हजार रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले