पब्लिक भिजन सहकारीमा नयाँ नेतृत्व


म्याग्दी, मंसिर १९ । म्याग्दीको बेनीमा रहेको पब्लिक भिजन केवल नेर्टवक सञ्चार सहकारी संस्थाको छैटौ बार्षिक साधारण तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारणसभाले टंक हमालको अध्यक्षतामा आगमी तिन वर्षका लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा लक्षमण शर्मा, सचिव ध्रुवराज कार्की, कोषाध्यक्ष विनोद केसी , र सहसचिव हरी प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा भेषबहादुर बानियाँ,गोविन्द बानियाँ भुनु तिलिजा, देवी कुमारी आचार्य, अणबहादुर खड्का९भगवान०, दिनानाथ रेग्मी र हरीकृष्ण गौतम रहेका छन् । यसै गरी जमुना आचार्यको संयजकोत्वमा गठिन लेखा समितिमा तेजेन्द्र कार्की र विरवहादुर थापा रहनुभएको छ । सभाले २० प्रतिशत बोनस वितरण पारित गरेको सहकारीका प्रवन्धक नवराज पौडेलले जानकारी दिनुभयो ।
‘छोटो समयमै राम्रो मुनाफा दिन सफल भएको आगामी बर्ष गुणस्तरिय सेवासँगै मुनाफा समेत बृद्धि गर्ने नव निर्वाचित अध्यक्ष टकं हमालले भन्नुभयो । २०६५ सालमा स्थापना भई टिभी केबुल सञ्चालन गरिरहेको सहकारीमार्फत राहुघाट, म्याग्दी, कालिगण्डकी र पर्वत क्षेत्रमा ३ हजार २१ रहेको छ । हिमाली जिल्ला मुस्ताङमा समेत सेवा विस्तार गरेको सहकारीले विद्युतिकरण भएका गाविसलाई प्राथमिकतामा राखेको सहकारीका उपाध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो ।
‘संस्थागत विकासमा अगाडी बढिरहेका छौ’ । दिनप्रति दिन सेवाग्राहीको संख्या बढिरहेको छ ।’ शर्माले भने ‘साधारण सभाको अवसरमा सेयसदस्य, सञ्चालक समितिका पदाधिकारी मार्फत गुणस्तरिय सेवा प्रदान गर्ने गरी अनुगमन, घरदैलो अभियान लगाएत सेवाग्राहीको सन्तुष्टीलाई केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष मुक्ति रोकाको अध्यक्षता ,सभाषद् तथा संस्थाका सल्लाहाकार रेशम बानियाँको प्रमुख आतिथ्यता, उपाध्यक्ष डिल बहादुर बरुवालको स्वागत र सचिव लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
अध्यक्ष मुक्ति रोकोले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टंक हमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभावाट पारित गरिएको थियो । अधिवेशनको अवसरमा संस्थाले स्थापनका कालदेखि हालसम्म कार्यरत प्रबन्धक नवराज पौडेल र मुख्य प्राविधिक थम बहादुर दर्जीलाइ सम्मान गरको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु