शुभकामना सहकारीको साधारणसभा सम्पन्न


म्याग्दी, मंसिर १९ । शुभकामना महिला बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निलकुमारी भण्डारीको अध्यक्षता र सचिव रिता सुवेदीको सञ्चालनमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि क्याप्टेन मनबहादुर भण्डारी, प्रेमबहादुर खत्री, पुस्कर भण्डारी, देबहादुर थापा र सहमतीकी कृषि प्राबिधिक फुलमाया थापाले मन्तव्य व्यक्त गरेका थिए ।
ग्रामिण क्षेत्रका महिलाहरुलाई आय आर्जन मुलक गतिबिधिमा संलग्न गराई आर्थिक स्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले उक्त संस्थाले आर्थिक वर्ष २०७०/७१ मा १६ लाख ५५ हजार रुपैया बिना धितो लगानी गरेको छ ।
सामुहिक जमानिको आधारमा तरकारी खेती, बाख्रापालन, कुखुरापालन, सिलाई कटाई र ब्यापार व्यवसाय गर्नका लागि २१५ जना महिलाहरुलाई बिना धितो ऋण सुबिधा उपलब्ध गराएको संस्थाकी व्यवस्थापक यमुना महतले जानकारी दिए ।
३९५ जना सेयर सदस्य रहेको सहकारी अन्तरगत विभिन्न बस्तीमा गठन भएको २० वटा बचत समूहमा आवद्ध ६०० जना सदस्यहरु मार्फत गत आर्थिक वर्षमा ११ लाख ९० हजार ५० रुपैया निक्षेप संकलन गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी