सहकारीको आयोजनामा निशुल्क सौन्दर्य शिविर, ३ सय जनाले लिए सेवा


काठमाडौं १ मंसिर- ललित व्यूटिसियन सहकारी संस्थाको आयोजनामा निशुल्क सौन्दर्य शिविर सम्पन्न भएको छ । ललितपुरको भनिमन्डलमा भएको शिविरमा २ सय जनाको फेसियल र १ सय जनाको कपाल कटाइ गरिएको संस्थाले जनाएको छ ।

संस्थाले ललितपुरको २२ स्थानमा यस्ता शिविर संचालन गर्ने जनाएको छ । नारी व्यक्तित्व विकासका लागि स्वास्थ्य र सौन्दर्य संग सहकारी अभियान भन्ने नाराका साथ संस्थाको स्थापना भएको हो । व्यूटिसियन व्यवसायमा आवद्ध रहेका महिलाहरुको संस्था नेपालको पहिलो र एक मात्र हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने