सहकारीमा ज्यादै राजनीति भए तहसनहस–सभासद् प्रधान

alience 2

काठमाडौं, मंसिर १९ । सभासद् भीमसेन दास प्रधानले सहकारीमा राजनीनि गर्न नहुने बताउनुभयो । सहकारीमा ज्यादै राजनीतिकरण भए सहकारी तहसनहसको खतरा हुने बताउनुभयो ।
नेपाल कोअपरेटर्स एलाईन्सको ५ र ६ को संयुक्त क्षेत्रीय भेलामा बोल्दै सहकारीमा राजनीतिभन्दा व्यवसायीकरण र उत्पादनका कुरा हुनु आवश्यक भएको बताउनुभयो । एलाईन्स गठन गर्नु सकारात्मक भएपनि ज्यादै राजनीतिकरण गरे सहकारी तहसनहस हुन सक्ने खतरा रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै नेपाल कोअपरेटर्स एलाईन्सका अध्यक्ष दीपकप्रकाश बास्कोटाले एलाईन्सबाट दोहोरो फाइदा लिन सकिने बताउनुभयो । उहाँले सहकारी ऐन २०४८ को स्प्रिट नमर्नेगरी सहकारी ऐन संशोधन गर्न लागिएको बताउनुभयो ।
भेलाले निरञ्जन शेढाईको अध्यक्षतामा ५ नम्बर क्षेत्रीय समिति गठन गरेको छ । समितिको सहअध्यक्षमा रबिन्द्र केसी, सदस्यमा मनिषा थपलिया, तारा लामा, काइला डंगोल, जनकराज श्रेष्ठ र वियज महर्जन हुनुहुन्छ ।
त्यस्तै भेलाले मनोज भण्डारीको अध्यक्षतामा ६ नम्बर क्षेत्र स्तरीय भेला सम्पन्न गरेको छ । समितिको सहअध्यक्षमा सीता घिमिरे, सदस्यमा गणेश केसी, युवराज भट्टाई, कृष्णहरि महर्जन हुनुहुन्छ ।
कार्यक्रममा गोविन्द काफ्ले, राजेश अधिकारी, डिल्लीराम तिवारी, केदार मानन्धर, मनोज भण्डारी, सीताराम काफ्लेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *