ललितपुर वचत संघको वृहत लेखा तालिम सम्पन्न


ललितपुर, मंसिर २१ । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा १५ दिने सहकारी सम्बन्धि ‘‘वृहत लेखा व्यवस्थापन’’ तालिम सम्पन्न भएको छ । तालिममा ललितपुर र काठमाडौंका विभिन्न विषयगत सहकारीहरुबाट २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई वैज्ञानिक र समय सान्दर्भिक बनाउन र लेखा प्रणालीमा एकरुपता कायम गर्नको लागि यो लेखा तालिम लक्षित थियो ।
सहकारीको आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाताहरुको चुस्त व्यवस्थापन, कर व्यवस्थापन, सम्पत्ति विवरण तयारी, ह्रासकट्टी, लेखा निती आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको वचत संघका तालिम संयोजक रामशरण वस्नेतज्यूले बताउनुभयो । त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले सहकारी संस्थाहरुमा हिसाब किताब सम्बन्धि समस्याहरु आउन नदिन लेखापालनको सहि र उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा औल्याउँदै तालिममा सिकेका कुरालाई साँच्चै व्यवहारमा उतार्नको लागि सहभागिहरुलाई सुझाव दिनुभयो ।
तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थाको हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र आन्तरिक लेखापरीक्षणको लागि सहयोगी हुने अपेक्षा गरेका छन् । वचत ऋण सहकारीका अतिरिक्त सबै विषयगत संघ संस्थाहरुलाई लक्षित गरि यो तालिम आयोजना गरिएको हो । यस तालिमलाई प्रशिक्षकहरु बद्रि गुरागाईं, अनिलविर बज्राचार्य र बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने