समयमा लेखापरीक्षण स्वीकृति नलिने ६ दर्जन सहकारी कारवाहीमा


लाहान, मंसिर २१ । समयमै लेखा परीक्षण प्रतिवेदन स्वीकृति नगर्ने ६ दर्जन सहकारी कारवाहीमा परेका छन् । सहकारी डिभिजन कार्यालय लहानले सिरहा र सप्तरीका ६ दर्शन सहकारी संस्थालाई कारबाही गरेको हो ।
कार्यालयले सिरहाका ३९ वटा र सप्तरीका ३४ वटा संस्थालाई गत आर्थिक वर्ष २०७०/०७१ को लेखा परीक्षणका लागि स्वीकृति नलिएका कारण कारवाही गरेको हो ।
डिभिजन सहकारी कार्यालय प्रमुख रेखनाथ दाहालले ती सहकारी संस्थालाई कारवाही गर्दा आर्थिक वर्षको चार महिनाको अवधिमा ७१ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।
समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५ सयसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुरुप ती सहकारी संस्थामाथि कारबाही स्वरुप जरिवाना गरेको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा पनि डिभिजन सहकारी कार्यालय लहानले समयमा लेखा परीक्षण स्वीकृति नलिने विभिन्न सहकारी संस्थाबाट जरिवाना स्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।
सिरहामा ६ सय र सप्तरीमा ५ सय सहकारी संस्था दर्ता रहेको सहकारी दर्ता भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७०/०७१ मा सप्तरीका १२ वटा र सिरहाका छवटा गरी १८ वटा निश्क्रिय रहेका सहकारी सस्था खारेज गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न