भैरहवा, मंसिर २१ । कलश बचत तथा ऋण सहकारी सस्थाको सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
साधारणसभाका अवसरमा सहकारीको निक्षेप ४ करोड ५ लाख पुगेको छ बताइएको थियो । २५ जना सदस्यबाट २०६४ सालमा स्थापना भई सुरु भएको कलश सहकारीको हाल शेयर सदस्य ८ सय १२ पुगेका छन् ।२ करोड ५० लाख कर्जा प्रबाह भएको सो अवसरका बताइएको थियो । सहकारीले मुख्य तया हायर पर्चेज,व्यक्तिगत व्यवसायिक कर्जा,बैदेशिक रोजगारमा लगानी गर्दै आएको छ ।
साधारण सभामा वित्तिय प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रितम रौनियारले आर्थिक बर्ष २०७२/७३मा निक्षेप संकलनमा बृद्धि गरी ६ करोड २ लाख पु¥याउने बताउनुभयो ।

कलश सहकारीको सातौं साधारणसभा सम्पन्न
by
Tags:
Leave a Reply