सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न


हेटौडा १ मंसिर- डिभिजन सहकारी कार्यालय हेटौडाको आयोजनामा कार्तिक २३ गते देखि संचालित ६ दिने सहकारी व्यास्थापन तालिम सम्मपन्न भएको छ ।

नयाँदर्ता भएका र हाल सम्म तालिमको कुनै पनि अवसर नपाएका सहकारी संस्थाहरुको छनौट गरी तालिममा सहभागी गारएको डिभिजन सहकारी कार्यालय हेटौडाले जनाएको छ । १८ वटा सहकारी संस्थका २२ जना सहभागी रहेको तालिममा डिभिजन सहकारी कार्यालका कर्मचारिहरुले सहकारी व्यवस्थपन का विविध विषय तथा सहकारी सम्वन्धि समसामयिक ऐन तथा निति नियमहरुको वारेमा सहजीकरण गरिएको थियो ।

समापन कार्यक्रममा वोल्दै राष्ट्रिय सहकारी संघका संचालक सदस्य वद्रि लम्सालले अवको यूवा पिडिले समेत सहकारी बुझ्नु पर्ने र वैदेशिक रोजगारीको सट्टा सहकारी मार्फत रोजगारी सिर्जना गर्नु पर्ने धारण व्यक्त गर्नु भयो । साथै व्यवसायिकरुपमा स्वस्थ्य प्रतिस्पर्धामा सहकारी चल्न सक्नु पर्ने आवश्यकता औल्याउनु भयो । डिभिजन सहकारी कार्यालय हेटौडाका प्रमुख भिम परियारको सभाध्यक्षतामा तालिम समापन भएको थियो ।कार्यालयले आगामि दिनमा जिल्लाका दुर्गम स्थानहरुमा समेत यस्ताखाले तालिम कार्यक्रम संस्थाले विषयगत संघ तथा प्रारम्भिक सहकारी संस्थाहरु संगको आपसि समन्वयमा संचालन गरिने योजना रहेको जानकारी गराउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक