सहकारी ऋण कोषले आफ्नै भवनबाट कारोवार गर्ने


काठमाडौ १ मंसिर- ललितपुरको मानभवनमा अवस्थित सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाले एक महिना भित्रमा आफ्नै सुविधा सम्पन्न भवनबाट कारोवार शुरु गर्ने घोषणा गरेको छ ।

यस्तै संस्थाले आफ्ना सदस्यहरुलाई सुमेरु अस्पतालमा २० प्रतिशत सम्मको डिस्काउण्ट कार्ड समेत सो कार्यक्रममा उपलब्ध गरायो । संस्थाका उपाध्यक्ष रामकृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के।बी।उप्रेती ,नेफ्स्कुनका सञ्चालक दिपक पनेरु,जिल्ला सहकारी संघका सञ्चालक राजेन्द्र पौडेललगायत सहभागतिा रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने