इलाममा ५ सहकारी संयुक्त एकिकरण


इलाम १ मंसिर- डिभिजन सहकारी कार्यालय इलामले पहिलो पटक इलाम पुवामझुवा गाविसमा विभिन्न उद्देश्य लिइ संचालनमा रहेका ५ वटा सहकारीको विधिवत रुपमा एकिकरण गरेको छ । एकिकरणको लागि सहकारीहरुले संयुक्त रुपमा आवेदन पेश गरेपछि सहकारी एकिकरण सम्बन्धि कार्यविधि २०७० अनुरुप डिभिजन सहकारी कार्यालय इलामका प्रमुख माधवप्रसाद पोखरेलले (२०७१ असोज १०)गते शुक्रबार एकिकरण दर्ताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । सफल बहुउद्देश्यीय सहकारी संस्थाको नाममा दर्ता भएको सो सहकारी इलाम पाँचथर र ताप्लेजुङकै पहिलो एकिकरण भएको सहकारी भएको छ । पुवामझुवा गाविसमा रहेका पुवामाई बहुउद्देश्यीय सहकारी संस्था, जनहित दुग्ध उत्पादक सहकारी संस्था, सदावहार कृषि सहकारी संस्था, पुवामाई महिला कृषि सहकारी संस्था र सुनुवार गाउँ कृषि सहकारी संस्थाको एकिकरण गरिएको हो ।

सहकारी एकिकरण दर्तापछि सहकारी अधिकृत पोखरेलले खुसी व्यक्त गर्दै राम्रो कामको थालनी भएको र मापदण्ड पुरा गरि उत्कृष्ट सहकारी बन्नको लागि यस्तो प्रकारको एकिकरणले सहयोग गर्ने बताउनु भयो । पुर्वी पहाडी क्षेत्रमा गरिएको पहिलो सहकारी एकिकरणको अन्य स-साना सहकारीहरुले पनि अनुकरण गर्नुपर्नेमा वहाँले जोड दिनु भयो । एकिकरणले सदस्यताको दोहोरोपन, ऋण लगानीमा हुने दोहोरोपन जस्ता समस्या समाधान भएको सफल बहुउद्देश्यीय सहकारी संस्थाका तदर्थ समितिका अध्यक्ष पृथसिह सुनुवारले बताउनु भयो ।

सहकारीले दुध संकलन तथा बिक्री गर्ने, लघुवित्तको क्षेत्रमा काम गर्ने तथा सहकारीको आकारलाई विस्तार गर्दै लैजाने, तत्कालिन रणनीति रहेको सहकारीका व्यवस्थापक भिम राईले बताउनु भयो । एकिकरणका लागि सहयोग गर्ने महिला जागरण संघ लगायतका विभिन्न सरोकारवाला संस्थाहरुका कारण पनि एकिकरण सम्भव भएको राईले प्रतिक्रिया दिनु भयो।
सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ को अधिनमा रहि सहकारी विभागले २०७० सालमा एकिकरण सम्वन्धी कार्यविधि ल्याएपछि सहकारी संस्थाहरुको यसरि एकिकरण गर्न संभव भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक