सहकारीका सदस्यलाई साबुन उपलब्ध गराइने


बुटवल, मंसिर २२ । संसार बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई साबुन उपलब्ध गराउने भएकोब छ ।
संस्थाको दोस्रो बार्षिक साधारण सभाले आफ्ना सदस्यको सेवाका लागि प्रत्येक महिना न्युन्तम एक वटा साबुन उपलब्ध गराउने निर्णय गरेको छ । सदस्य क्लयाण कोष अन्तर्ग सदस्यको सामुहिक दुर्घटना बिमा, सदस्य खुसिको अवसर वा दुख परेको समयमा बिभिन्न सहयोग उपलब्ध गराउने सदस्य क्लयाण कोष निति पारित भएको छ ।
साधारण सभामा संस्थाका संस्थाका अध्यक्ष नारायण बेल्वासेले संस्थाको प्रगति प्रतिबेदन तथा भाबि कार्यक्रहरु प्रस्तुत गनुभएको थियो । लेखा समिति संयोजक सुनिल श्रेष्ठले लेखा प्रतिबेदन, कोषाध्यक्ष रुक्मत श्रेष्ठ ले गत आ.व को आय ब्यय तथा आगामि आ।व।का लागि बजेट, ऋण समिति संयोजक बिष्णु वस्तिले ऋण समितिको प्रतिबेदन, शिक्षा समिति संयोक हरि रावलले शिक्षा समितिको प्रतिबेदन तथा आगामि कार्यक्रमहरु, सदस्य कल्याण समिति संयोजक दिपक भट्टराइले सदस्य कल्याण समिति प्रतिबेदन तथा आगामि कार्यक्रमहरु, सामाजिक समन्वय समिति संयोज चाँदनी श्रेष्ठले सामाजिक समन्वय समितिको प्रतिबेदन तथा कार्यक्रमहरु, ऋण समिति सदस्य कमल गौतमले बचत तथा ऋण परिचालन निति पेश गनु भएको थियो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष बिष्णु वस्तिको स्वागत तथा सचिव सुनिल पोखरेलको संचालन सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन