सिर्जना शर्मा तिवारी
सहकारी पीडित–ओरियन्टल सहकारी संस्था
१ अहिले सहकारी पीडित निक्षेपकर्ताहरु के गर्दै छन् ?
अहिले पनि सडक ताताइरहेका छौं । धर्ना दिई सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको छ । यहीँ २३ गते बालुवाटारमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
२ तपाईहरुका समस्या समाधान गर्न सरकारले चासो नदिएको हो कि चाहेर पनि नसकेको हो ?
सरकारले चासो नदिएको हो । सरकारले चाहेमा गर्न नसक्ने भन्ने हुदैंन् । सहकारीबाट १२ हजार बढी पीडित भएका छन् । उनीहरुको १३ अर्ब भन्दा बढी फसेको छ । यसमा सरकारले चासो नदेखाउनु दुःखद कुरा हो ।
३ सहकारीमा यसरी समस्या आउनु दोष कस्को देख्नुहुन्छ ?
सहकारीमा समस्या आउनुमा सहकारी विभाग तथा सहकारी डिभिजन कार्यालय मुख्य दोषी हुन् । विभाग र डिबिजनका कारण नै यती धेरै सर्वसाधारणले दुःख पाएका छन् । उनीहरुले बेलैमा ती सहकारी तथा सञ्चालकलाई निगारानी गर्न सकेको भए यसरी १३ हजार सर्वसाधारणले दुःख पाउने थिएनन् निब । जसले बेलैमा अनुगमन गर्दैनन् र दर्ता भने जति पनि गर्छन् । दोश्रो निक्षेपकर्ताको दोष हो । सहकारी र बैंकको फरक नबुझीकन जथाभावी सहकारीमा निक्षेप राख्नु उचित होइन ।
४ तपाईहरुको निक्षेप फिर्ताका लागि सरकारले एने संशोधन गर्र्दै छ, त्यसपछि निक्षेप फिर्ता हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
ऐन संशोधन गरेमा भविष्यमा सहकारीमा समस्या नआउँला तर हाम्रो निक्षेप फिर्ता आउनेमा मलाई विश्वासब लाग्दैन् । तर निक्षेप फिर्ताका लागि सरकारले विशेष पहल गर्नुपर्छ । जतिसम्म सक्छ निक्षेप फिर्ता गर्न सरकारले कुनै कसर बाँकी राख्न हुन्न ।
५ सहकारीको विकासलाई कुनरुपमा हेर्नुभएको छ ?
सहकारीको विकालाई म सकारात्मक रुपमा लिएको छु । यसबाट धेरै रोजगारी सिर्जना भएको छ । तर सहकारी खोल्ने मान्छे इमान्दार हुनुपर्छ । किनभने एउता, दुईवटा सहकारी बदमास भएमा राम्रो काम सहकारीलाई पनि असर पर्छ ।

सहकारीमा समस्या आउनु विभाग र डिभिजन दोषी छन्
by
Tags:
Leave a Reply