पर्यटन र कृषि बजार व्यवस्थापन गरिने


दाङ, कार्तिक १३ । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायिक हक हितका साथै समग्र राप्ती अंचलको पर्यटन र कृषि बजार व्यवस्थापनका लागि विभिन्न क्षेत्र संग छलफल शुरु गरेको छ

बिहीबार कैलालीको टिकापुरमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले दाङ सहित राप्ती अंचलका पहाडी जिल्लाहरुमा उत्पादन भएका कृषि जन्य वस्तु को निर्यात र पर्यटन विकासका लागि हातेमालो गर्न अनुरोध गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष रिजालले राप्ती अंचलमा प्रसस्त कृषि जडीवुटी र पर्यटनको संभावना हुंदा पनि उनीहरुको उचित वजार र मुल्य नपाउदा उत्पादीत वस्तुहरु जिल्लामै कम वजार भाउमा वस्तु विक्री गर्ने वाध्यता रहेको वताउनु भयो ।
त्यस्तै कार्यक्रममा टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द हमालले राप्ती अंचलमा उत्पादीत वस्तुहरु वजारको मागअनुसार छिमिकी देश भारत र छिमेकी जिल्लाहरुमा प्रवद्र्धन गर्न सकिने  ताउनु भयो । उहांले स्वर्गद्धारी मन्दिरको उचित व्यवस्थापन गर्न सके अन्तराष्ट्रिय स्तरको पर्यटन र धार्मिक क्षेत्रका रुपमा विकास गर्न सकिने वताउनु भयो । कार्यक्रममा अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढुगांनाले उद्योग वाणिज्य संघहरुको् पहलमा जिल्लामा उत्पादन भएका वस्तुहरु आयात र निर्यात गर्नु पर्ने बताउनुभयो । – See more at: http://198.13.39.199/pages.php?pages_id=d&&AID=6478#sthash.iFD54RP2.dpuf


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक