सहकारीबाट आर्थिक विकास गर्न सकिन्छ–कोइराला


काठमाडौं, मंसिर २३ । सरकारका पुर्व मुख्य सचिव डा. विमल कोइरालाले सहकारीताको माध्यमबाट छिट्टै आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । आर्थिक रुपान्तरण गर्दै सहकारीले समाजमा आमुल परिवर्तन ल्याउन सक्ने उहाँको भनाई थियो ।
अस्मोसिस वचत तथा ऋण सहकारी संस्था लिमिटेड बानेश्वरको तेश्रो वार्षिक साधारण सभाको अवसरमा बोल्दै कोइरालाले सहकारीको पहिलो काम सर्वसाधारणलाई विश्वासमा ल्याउन आवश्यक भएको बताउनुभयो । विश्वासमा नल्याउँदासम्म संस्थाहरुले नाफा गरेपनि सहकारीप्रति हेर्ने दृष्टिकोण राम्रो हुन नसक्ने उहाँको भनाई थियो । कुनै पनि सहकारी संस्था सुदृढ हुन शेयर सदस्यहरुको सक्रिय भूमिका महत्वपुर्ण हुने भएकाले सम्पूर्ण सदस्य सहकारीको विकासका लागि सजग हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष मन्जु अधिकारीले सहकारीले आफ्ना सदस्यहरुको जीवन रुपतान्तरणका लागि आफूहरु लागिपरेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन