सहकारीमा सुशासन ल्याउन आग्रह


काठमाडौं, मंसिर २३ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले सहकारीमा सुशासन ल्याउन आग्रह गर्नुभएको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा साकोस एकीकृत प्रणाली विषयक एक दिवसिय गोष्ठीमा बोल्दै सचिव गौतमले सहकारीमा सुशासन ल्याउन नसके ठूलो संकट आइ पर्न सक्ने बताउनुभयो । सहकारी स्वनियमनमा चल्न सके धेरै समस्याबाट बच्न सकिने उहाँको भनाई छ । सो अवसरमा सहकारीहरु एकिकृत प्रणालीमा जान आवश्यक भएको औल्याएका थिए । कार्यक्रममा बोल्दै सचिव श्रीधर गौतमले नेपालका सहकारीहरुलाई यस मोडलमा जान आवश्यक रहेको र यसलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको बताउनुभयो । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले सहकारीहरुलाई स्वनियम मात्र भनिदिएर नहुने रहेछ, त्यसका लागि नियमनकारी निकायको सक्रियता जरुरी रहेको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा मध्यमाञ्चल विकास क्षेत्रका १ सय ५० सहकारीहरुको सहभागिता रहेको कार्यक्रममा साकोस एकिकृत प्रणालीमा जानको लागि आवश्यक चारवटा विषयमा छलफल केन्द्रित भएको थियो । श्रोतहरुमा पँहुच र एकरुपता, स्तरिय कार्यसंचालन, करारीय एक्यबद्धता, सुशासन र स्वनियम कायम गर्न केन्द्रमा नीतिगत सर्वोच्चता रहने र प्रारम्भिक संस्थामा कार्यगत स्वायत्तता विषयमा छलफल भएको थियो । विषेशत शहरका सहकारीहरुमा समस्या आएको र यसलाई समाधान गर्ने एकमात्र विकल्प एकिकृत मोडल उपयुक्त हुने भएकोले अवको यात्रा यसतर्फ हुनुपर्नेमा सहभागिहरुको सामुहिक निष्कर्ष रहेको थियो । एकै पहिचान, नीति, विधि र कार्यविधिमा एकरुपता, एक सदस्य एक साकोस, एउटै लेखामान र सम्पुर्ण संस्थाहरु एकै नेटवर्कभित्र रहनुपर्ने, संघले सघन अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने, तालिम र शिक्षामा संघले महत्वपुर्ण भूमिका खेल्नुपर्ने लगायतका विषयहरुमा सामुहिक साझा निष्कर्ष रहेको थियो ।

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले यो अभ्यास दक्षिण कोरिया र क्यानडामा सफल भएकोे, संसारका अधिकांश मुलुक यस मोडलमा गएको उदाहरण दिदैं अब सहकारी अभियानको पाईला त्यसतर्फ अगाडि बढिसकेको बताउनुभयो । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा एकीकृत प्रणाली अबलम्बन गर्न नेफ्स्कुन क्रियाशिल भएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु