दूधको मूल्य नपाउँदा कृषक पलायन हुँदै
काठमाडौं, मंसिर २३ । दुध उत्पादनको लागत मूल्य नपाए केन्द्रिय दुग्द्य सहकारी संघले शसक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । दूधको लागत मूल्य नउठेको भन्दै किसान पलायन हुन थालेपछि संघले कृषि विकास मन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।
मंगलवार कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय दुग्द्य सहकारी संघले किसानहरुले उत्पादन गरेको दुधको लागत मूल्य नपाएको भन्दै मूल्यवृद्धि नगरि चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावानी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय दुग्द्य सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले अघिल्लो वर्ष सरकारसँग भएको दुधको लागत मूल्य वृद्धि गर्ने सहमति बमोजिम चाडै मूल्यवृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिदै उहाँले ४९ रुपियाँ ५८ पैसा लागत खर्च भइरहेको भन्दै मूल्यवृद्धिको माग गरिएको हो ।
प्रतिलिटर १२ रुपिया ५८ पैसा दुध उत्पादनको लागत मूल्यमा घाटा भइरहेको भन्दै राज्यले द्ुध उत्पादन गर्ने किसानहरुको घाटा पूर्ति नगरिए दुधमा आत्मनिर्भर बन्दै गएको दुध पेशा नै बन्द हुने अवस्थामा पुगि सकेको जानकारी दिनुभयो । उहाँले अहिले राज्यले प्रतिलिटर ३२ रुपियाँ देखि ३५ रुपियाँसम्मा खरिद गरिरहेको भन्दै करिब १३ रुपियाँ दुध उत्पादनको लागत घाटा किसानहरुले व्यहोरिरहेको अध्यक्ष देवकोटाको भनाई छ ।
राज्यले भारतबाट झण्डै ५० रुपियाँमा कच्चा दुध खरिद गरिहेको तर दुधमा आत्मनिर्भर भइरहेको दुग्द्य पेशामा राज्यले ध्यान नदिदा यो पेशा नै बन्द हुने अवस्थामा पुगेको अध्यक्ष देवकोटाको भनाई थियो । उहाँले भारतबाट दैनिक १ लाख दुध नेपाल भित्रिने गरेको पनि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले दैनिक ४ लाख दुध खपत रहेकोमा २ लाख लिटर दुध अपुग रहेको अवस्थमा राज्यले दुध उत्पादन पेशालाई संरक्षण नगरि दुध पेशामा लागेका किसानहरु पेशा नै बन्द गर्ने अवस्थमा पुगेको भनाई थियो ।