वित्तीय साक्षरता सिक्दै विद्यार्थी


लवलपरासी, मंसीर २४ । भिजन सञ्चार सहकारीले विद्यार्थीलाई वित्तीय साक्षरता सिकाउन शुरु गरेको छ । सहकारीको माध्यमबाट युवा तथा विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्नका लागी वित्तियी साक्षरता सिकाउन लागिएको भिजन सञ्चार सहकारीले जनाएको छ ।
विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट, भिजन सञ्चार नेपाल काठमाडाँै र अन्तराष्ट्रिय सहकारी महासंघ/एशिया प्रशान्त युवा समित नयाँ दिल्ली भारतको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
सो अवसरमा बोल्दै सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले शिक्षा मन्त्रालयसंगको सहकार्यमा विद्यालयमा सहकारी शिक्षा लागु गर्ने पहल भैरहेको बताउनुभयो । ऐन परिमार्जन गरेरै भएपनि सहकारी क्षेत्रलाई मजबुत गराउने उहाँको भनाई थियो । त्यसका लागी बचत गर्ने बानीका विकास अपरिहार्य रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघ/एशिया प्रशान्त युवा समितका अध्यक्ष डा.सुकेश जम्बरले युवा तथा विद्यार्थीलाई बचत गर्ने बानीको विकासका लागी नेपालमा बलियो सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा अन्तराष्ट्रिय सहकारी महासंघ÷एशिया प्रशान्त युवा समितका सदस्य ईन्दिरा पन्त, डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बासुदेव भट्टराई, डिभिजन सहकारी कार्यालय चितवनका प्रशिक्षक कृष्ण नेपाल, विकु बचत तथा ऋण सहकारी संस्था लिमिडेटका संस्थापक अध्यक्ष तथा नेफ्स्कुनका संस्थापक संचालक खेमराज सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका क्षेत्रका विभिन्न विद्यालयण्का प्राचार्य, अभिभावक, विद्यार्थी तथा सहकारीकर्मीको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध
पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण