लोडसेडिङ हटाउन बैंक, वित्तिय संस्था लगायत सहकारीहरुले कुल पूँजीको १० प्रतिशत उर्जामा लगानी गर्नुपर्छ


२०६४ जेष्ठदेखि सहकारीमा लागेका म्याग्दी बचत तथा ऋण सहकारी संस्थाका सचिव एवम् प्रबन्ध सञ्चालक दीपबहादुर छन्त्याल सहकारीबाट देशको विकास सम्भव भएको ठान्छन् । सहकारीमार्फत नै ५ वर्षभित्र ५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने उनी दाबी गर्छन् ।
सहकारीमार्फत ठूला देशहरुले आर्थिक क्रान्ती गरेका छन् । विकसित देश अर्थतन्त्रमा सबल हुनुको एउटा मुख्य आधार सहकारी नै हो । त्यहाका जनता अधिकांश सहकारीमा आबद्व भई आर्थिक विकासमा जोड दिँदै आएका छन् । छन्त्याल भन्छन्– ‘हामी पनि सहकारीबाट देशको आमूल परिवर्तन गर्न सक्छौं ।’ तर सरकारले लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड छ । सहकारीले विश्वमा ठूलो परिवर्तन ल्यायो । हामीले नेपालमा परिवर्तन ल्याउन किन नसक्ने उनी प्रश्न गर्छन् ।
सहकारी जुन हिसावले अघि बढेको छ । त्यसअनुरुप लगानी हुन सकेको छैन । लगानीको सम्भावना नहुनु र असुरक्षाको कारण धेरै सहकारी तथा वित्तीय क्षेत्र लिक्कुडी समस्यामा छन् । लगानीको वातावरण सरकारले नै बनाउनुपर्छ । तथा बैंकमा लिक्कुडीमा जुन समस्या छ । त्यसले लगानी नै खेर गइरहेको अवस्था छ ।
छन्त्यालले देशको विकासका लगि जलविद्युतमा लगानी पहिलो प्राथमिकता राख्छन् । सरकारले कुनै पनि बैंक तथा बित्तीय संस्थाले हाइड्रो उसको शेयर पूँजीको १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था अपरिहार्य भएको ठान्छन् । अहिले सरकारले विद्युत प्राधिकरण मार्फत सम्पूर्ण सहकारी तथा वित्तीय संस्थालाई १० प्रतिशत लगानी गर्न अनिवार्य गराउन आवश्यक भएको उनी ठान्छन् । भन्छन्– ‘हामी अहिले १२ घण्टा बढी लोडसेडिङको मारमा छौं, सरकारले वित्तीय संस्थामार्फत लगानी जुटाउन सक्यो भने कुनै दातासँग उर्जा सम्झौता गर्नुपर्दैन, हात थाप्नुपर्दैन् ।’ हामीले उर्जाबाट समस्या भोगिरहेका छौं, यसबाट जतिसक्दो चाँडो उन्मुक्ती पाउनु पर्छ । त्यसका लागि स्रोत हामीसँगै छ, कोही दाता खोजेर हामी निमुखा बन्न आवश्यक म देख्दिन्’ उनी बलियो तर्क प्रस्तुत गर्छन् । तर सम्बन्धित निकायले त्यसतर्फ चासो देखाउनुपर्छ ।

deepchhantyal-sahakarinepal

उनले नेतृत्व गरेको म्याग्दी सहकारीमा १ सय १३ जना व्यक्तिले १ लाख बढी समान शेयर सदस्य छन् । तर डेढ सयसम्मको कारोबार गर्नेको संख्या भने १ हजार ६ सय रहेको छ । सहकारीमा थोरै रकम कारोबार गर्नेलाई पनि सदस्य भन्ने चलन दुर्भाग्य भएको उनी ठान्छन् । जसलाई पनि सदस्य भन्ने सहकारीको नियमनले सहकारीमा केही समस्या थपिएको उनको तर्क छ ।
पद र प्रतिष्ठा भन्दा काम महत्वपूर्ण कुरा भएको उनको भनाई छ । ‘म जुनसुकै पदमा भएपनि म सहकारीको विकासका लागि ध्यान दिनेछु’ उनी भन्छन् । काम गर्दै जाँदा माथिल्लो तहको नेतृत्व गर्ने चाहाना राख्नु स्वभाविक भएको उनको तर्क छ । संस्थालाई सफल बनाउन जुनसुकै पदमा रहेर पनि काम गर्न सकिने उनको तर्क छ । व्यक्तिको क्षमता मुख्य कुरा हो ।
सहकारीले आर्थिक रुपान्तरण गर्न सक्छ । विश्वमै धेरै उदाहरणहरु छन । उनीहरुले सबै काम सहकारीमार्फत गरेका छन् । देशको विकासको लागि सहकारीमार्फत आर्थिक उन्नति गरेका छन् , हामीले पनि उनीहरुबाट सिक्नुपर्छ उनी भन्छन् ।
सबैभन्दा बढी सदस्य भएको नेटवर्क भनेकै सहकारी नै हो । सबै सदस्य सहकारीमा एकजुट भएका छन् । केही व्यक्ति सीमित स्वार्थका लागि लागेपनि सहकारीले समाजको उत्थान गर्न सक्छ । तर सहकारी गुणात्मक हुनुपर्ने र अस्वस्थ प्रतिष्पर्धा हटाउनुपर्ने उनको भनाई छ ।
स्वच्छता, निष्पक्षता गुणात्मक कुरामा जानुपर्छ । आज सहकारी गठन गर्दा कम्तीमा पनि २५ जना हुनुपर्छ म त भन्छु, गाउँमा ५० जना शहरमा १ सय बढी सदस्य नभई सहकारी दर्ता गर्न दिनुहुन्न । अर्को मुख्यकुरा सहकारी शिक्षा नदिईकन जोकोहीलाई सहकारी खोल्न दिनुहुन्न ।
उनले कर्जा व्यवस्थापनलगायतका धेरै तालिम लिएका छन् । अहिले तालिमको अवसर आउँदा आलोपालो कर्मचारी तथा अन्य सदस्यहरुलाई अवसर दिदैं आएका छन् । कोही नयाँ सदस्य बन्न आएमा सम्पूर्ण जिम्मेवारी र काम कर्तव्य पढाउने गरेको उनले बताए ।
तालिमले जीवनमा महत्व राख्छ । तालिम बिना कुनै पनि मान्छे प्रयोगात्मक काममा असफल भइन्छ । त्यसकारण तालिम अनिवार्य हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)
सुरुमा असहज लाग्न सक्छ
संस्था डुब्ला भन्ने डर हुँदैन
बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्