जनआदर्श महिला सहकारीको साधारणसभा सम्पन्न
म्याग्दी, मंसिर २४ । जनआर्दश महिला बहुउद्देश्यिय सहकारी संस्था बाबियाचौरको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सिता सुवेदीको अध्यक्षता, सदस्य बेलकुमारी खातीको सञ्चालन, व्यवस्थापक रुपादेवी विश्वकर्माको स्वागत मन्तव्य र सहमतिका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ५२३ जना सेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षसम्म ५९ लाख ३६ हजार ३६६ रुपैया बराबरको कारोबार गरेको सहमतीका डिल्लीराज पौडेलले जानकारी दिए । कार्यक्रममा सामुदायीक सेवा केन्द्र बाबियाचौरका अध्यक्ष नरसिंहबहादुर खत्री, बाबियाचौर कृषि सेवा केन्द्रका राजेश यादव र पशु सेवा केन्द्रका दिर्घबहादुर खत्रीले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको अवसरमा जेष्ठ सेयर सदस्य १०५ वर्षिया डिलकुमारी सिंह, असल सदस्य हिरा शेरपुञ्जा जुक्जाली, उच्चतम बचतकर्ता कर्णकुमारी रोका, उत्कृष्ट कृषक सावित्रा विश्वकर्मा, एकल महिला तर्फबाट गंगादेवी जिसीलाई सम्मान गरिएको थियो