सहकारीले जनता ठग्न पाइन्न –मन्त्री आचार्य


भक्तपुर, मंसिर २३ । वन मन्त्री महेश आचार्यले सहकारीबाट ठग्न नपाइने बताउनुभएको छ । केही सहकारीबाट जनता ठगिएको भन्दै त्यसतर्फ सजग हुन आवश्यक भएको उहाँको भनाई थियो ।
सहकारीमाजनता ठगिरहेकाले सहकारीको अनुगमनलाई तिब्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला सहकारी संघ भक्तपुरको १६ औं साधारण सभाको मङगबार उद्घाटन गर्दै मन्त्री आर्चायले नेपालमा सहकारीको अनुगमन प्रभाबकारी नहँुँदा जनता ठगिनु परेका बताउनुभयो । मन्त्री आचार्यले देशमा अस्वाभाविक रुपमा सहकारी संस्था विस्तारले अनुगमनको कार्य फितलो भएकोले अनुगमन प्रकावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री आचार्यले अवको दिनमा नेपालमा सहकारीको संख्या भन्दा पनि तिनको गुणस्तरमा बृद्धी गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।सहकारी संस्थाको संख्या दिन प्रतिदिन बृद्धि हुने क्रम बढेपनि संस्थामा रकम जम्मा गर्ने सदस्यको संख्या भने बढ्न नसकेको उहाँको भनाई थियो ।
“सहकारी आन्दोलनलाई प्रर्वद्धन गर्नका लागि आगामी संविधानमा स्थान परिभाषित गर्नु पर्ने आवश्यकता रहेको छ ।उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२८ औं वार्षिक साधारणसभा सम्पन्‍न
क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न
रणनीतिक व्यवसायिक योजना कार्यशाला सुरु
जिल्ला बचत संघको आयोजनामा पर्ल्स तालिम सम्पन्‍न