श्रीकृष्णको १७ औं साधारणसभा सम्पन्न


नुवाकोट, मंसिर २५ । बट्टारमा रहेको श्रीकृष्ण बचत तथा ऋण सहकारी सस्थाको १७ औ बार्षिक साधारण सभा तथा ८ औ अधिबेसन आज सपन्न भएको छ । सभाको एक कार्यक्रमका विच जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले उदघाटन गर्नु भयो ।
साधारण सभामा सस्थाका अध्यक्ष मधुसुदन घिमिरे ले बार्षिक प्रतिबेदन, कोषाअध्यक्ष शिबप्रसाद अधिकारीले आर्थिक प्रतिबेदन र लेखा समिती संयोजक बिष्णु प्रसाद अर्यालले लेखा समिती प्रतिबेदन प्रस्तुत गर्नु भयो ।
उदघाटन कार्यक्रममा संघका अध्यक्ष बैकुण्ठ मिश्र, नगर सहकारी सञ्जालका सयोजक भिमसेन अर्याल, बट्टार सहकारीका संचालक मोहन बाहदुर खडका, गोसाइकुण्ड सहकारी सस्थाकाका अध्यक्ष भुवनलाल राजभण्डारी, संगम सहकारीका संचालक नारायण श्रेष्ठ, भुपु सैनि सहकारीका सञ्चालक उद्धवराज थापा, लोकप्रिय सहकारीका संचालक दिपेन्द्र सापकोटा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष हरी प्रसाद घिमीरे, निर्वातमान अध्यक्ष नवराज अधिकारी र सल्लाकार रामहरी रिजालले सस्थाको बारेमा बोल्नु भएको थियो । सस्थाले सस्थापक हरिप्रसाद घिमीरे, उत्कृष्ट वचत कर्ता इन्दिरा रिमाल, उत्कृष्ट कारोबार पे्रम तामाङ र एसएलसी उत्कृष्ट सेयर सदस्यका सन्तान मध्येबाट प्रकृति अधिकारीलाई सम्मान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध