सहकारीले स्कुल संचालन गर्ने


बारा १ मंसिर- बाराको गढीमाई नगरपालिकाको सिमरामा संचालनमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले विषय विविधीकरण गर्दै शिक्षा क्षेत्रमा अघि बढने निर्णय गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको वैठकले संस्था र सदस्यहरुको लगानीमा

सिमरामा “हातेमालो सामुदायिक सहकारी शिक्षा सदन” नामक शैक्षिक संस्था स्थापना गरी न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने तयारीलाई अघि बढाउने निर्णय गरेको छ । शैक्षिक संस्थाको अवधारणा विकास, दर्ता र आवश्यक पूर्वाधार तयारी गर्नका लागि संस्थाका अध्यक्ष कृष्ण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा ईद्रिस मियां, सञ्जय साह, दिपक भट्ट, सुशिला आचार्य, बरुण गौतम र महेश ढुंगेल रहेका छन । त्यसैगरी संस्थाले सञ्चालकहरुको कार्यविभाजनसमेत गरेको छ । संस्थाका अध्यक्ष पौडेललाई भवन तथा भौतिक पूर्वाधार, उपाध्यक्ष विनोद कलवारलाई सुपथ मूल्यको सहकारी पसल, उपाध्यक्ष सीता गुरुङलाई प्रोवेशन र एक्सेस तयारी, सचिव यज्ञ आलेलाई कर्जा लगानी, कोषाध्यक्ष शिव वाग्लेलाई लघुवित्त, सञ्चालकहरु ईद्रिस मियांलाई शिक्षा तथा तालीम, सञ्जय साहलाई सदस्य सेवा, पेशल मुल्मीलाई लक्षित समुदाय, दिपक भट्टलाई प्रोवेशन र एक्सेस, सुशिला आचार्यलाई लघुव्यवसाय, क्षमादेवी अधिकारीलाई बचत, बरुण गौतमलाई सामाजिक सेवा र बिदुर घिमिरेलाई युवा उपसमितिको जिम्मेवारी दिने निर्णय गरेको छ ।साढे छ वर्षअघि स्थापना भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले एक हजाज ३ सय ५० सदस्यहरुवीच १४ करोडको कारोवार गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु