प्रतिलिटर दूधमा १३ रुपैयाँ घाटा बेहोर्दै कृषक, लागत मूल्य ४९ रुपैयाँ, बिक्री मूल्य ३२ रुपैयाँ
काठमाडौं २५ मंसिर । किसानले प्रतिलिटर दूधमा १३ रुपैयाँ घाटा बेहोर्दै आएका छन् । लागत मूल्य अत्याधिक भएपछि कृषकले १२ रुपैयाँ ५८ रुपैयाँ प्रतिलिटर घाटा बेहोर्दै आएका हुन् ।
सहकारीमार्फत एवम् निजीरुपमा भए पनि दूध बेचेर प्रयाप्त आम्दानी गर्न नसकेपछि चिन्तित भएका छन् । आफ्नो उत्पादीत दूधले उचित मूल्य नपाएपछि उनीहरु पेशा छोड्ने तरखरमा समेत रहेको गुनासो गर्न थालेका छन् । कृषिमा लगानी बढी र आम्दानी थोरै भएपछि कृषकलाई धान्नै गाह्रो हुन थालेको दूग्ध सहकारी केन्द्रिय संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो । देवकोटाका अनुसार कृषकको मूल्य बढाउनका लागि सरकारसँग लबिङ भइरहेको बताउनुहुन्छ ।
सहकारी विभागका अनुसार दूग्ध सहकारीमा १ लाख १२ हजार २८ ले ४५ करोड ७० लाख ६६ हजार लगानी गरेका छन् । त्यसमध्ये ११ हजार ५ सय ११ जना सञ्चालक रहेका छन् ।
दूग्ध केन्द्रिय संघका अनुसार प्रतिलिटर ४९ रुपियाँ ५८ पैसा लागत खर्च भइरहे पनि किसानले प्रतिलिटर १२ रुपिया ५८ पैसा दुध उत्पादनको लागत मूल्यमा घाटा खाई ३२ रुपियाँ देखि ३५ रुपियाँसम्मा बेच्न वाध्य भएका छन् ।
सरकारले कृषकको प्रवद्र्वन नगरी भारतबाट झण्डै ५० रुपियाँमा कच्चा दुध खरिद गर्नुले कृषिमा प्राथमिकता नदिएको अध्यक्ष देवकोटाको भनाई छ । ‘सरकारले हामीलाई केही अनुदान दिए हामी दूधमा आत्मनिर्भर बनाइदिन्छौं’ उहाँले भन्नुभयो । सरकारले भारतबाट दैनिक १ लाख दुध आयात गरिरहेको छ ।
दैनिक दैनिक ४ लाख दुध माग रहेपनि अझै २ लाख लिटर दुध अपुग रहेको छ