सक्रिय सहकारीले दैनिक एक लाख बढी निक्षेप संकलन गर्दै


खोटाङ, मंसिर २ – सक्रिय बचत तथा ऋण सहकारीले दैनिक एक लाख बढी निक्षेप संकलन गर्दै आएको छ । दैनिक १ लाख २० हजार बढी निक्षेप संकलन गर्दै आएको जनाएको छ ।

संस्थाले चौथो वार्षिक साधारणसभाका अवसरमा सहकारीको कोषमा ६२ लाख ४२ हजार ८६० रुपियाँ रहेको शाक्यले बताउनुभयो। दुई करोडभन्दा बढी निक्षेप संकलन गरेको जनाएको छ । सहकारीले गत आर्थिक वर्षमा २ करोड २१ लाख ३२ हजार ८२२ रुपियाँ निक्षेप संकलन गरेको जनाएको हो ।

संस्थाले कुल ४ करोड २ लाख ३९ हजार ३२० रुपियाँको आर्थिक कारोबार गरेको छ । असार मसान्तसम्म २ करोड ५६ लाख ३२ हजार ११७ रुपियाँ ऋण लगानी गरेको संस्थाका व्यवस्थापक युधीर शाक्यले बताउनुभयो ।

 साधारणसभामा अनुमानित १३ करोड ५३ लाख ७ हजार ५ सय आय र १३ करोड ४७ लाख ४५ हजार १ सय बराबरको आय–व्यय प्रस्तुत गरिएको थियो । हाल २४८ सेयर सदस्य पुगेको संस्थाको निक्षेपकर्ताको संख्या ९५९ पुगेको जानकारी दिइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न