सहकारीबाट बिचौलिया रोक्न सकिन्छ–अर्थमन्त्री महत


काठमाडौं, मंसिर २६ । अर्थमन्त्री डा.रामशरण महतले सहकारीमार्फत बिचौलिया रोक्न सकिने बताउनुभएको छ । उत्पादकले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अहिलेको अवस्थालाई सहकारीले चिर्न सक्नुपर्ने उहाँको भनाई थियो ।
वित्तिय साक्षारता सम्बन्धी एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बिचौलियाका कारण उत्पादक र उपभोक्ता दुवै ठगिएको बताउनुभयो । ‘अब सहकारीले बिचौलियाको प्रभाव कम गर्न भूमिका खेल्नु पर्छ’ उहाँले भन्नुभयो । सहकारीले बचत संकलन र कर्जा प्रवाह गर्ने मात्र नभई नागरिकको जीवनस्तर उकास्न जोड दिनुपर्ने बताउनुभयोे ।
बिचौलियाको प्रभाव कम गर्न सहकारीहरुले कृषकले उत्पादन गरेका वस्तु सिधै बजारमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले सहकारीले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्ने उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने तथा बिचौलियाहरु बिस्तारै हराएर जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी संस्थाहरु युवाहरुमा उद्यमशिलताको विकास गर्नेतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले दुई जना युवामा एक जना युवा पूर्णरुपमा बेरोजगार रहेको भन्दै सरकारी कार्यक्रम बेरोजगार युवालाई स्वरोजगार बनाउनेतर्फ लक्षित हुनुपर्ने बताउनुभयो । उहाँले युवाहरुमा उद्यमशिलताको भावना विकास हुन नसक्नुमा शैक्षिक प्रणाली दोषी रहेको समेत बताउनुभयो ।
गभर्नर डा.खतिवडाले ग्रामिण भेगका कतिपय जनतामा अझै पनि सरकारी बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भावना कायम रहेको बताउनुभयो । यसले वित्तीय साक्षरताको कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न सके बैंकिङ तथा सहकारी प्रणाली फस्टाउँदै जाने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक