संकटमा पर्दै निर्माण उपभोक्ता सहकारी


 मकवानपुर, मंसिर २६ । यहाँको एक निर्माण उपभोक्ता सहकारी संकटमा पर्दै गएको छ । निर्माण व्यवसायीको भुक्तानी समयमै नहुदाँ निर्माण उपभोक्ता सहकारी संकटमा परेका हुन् ।

सहकारी संस्थाका सदस्य रहेका निर्माण व्यवसायीहरुले सहकारीबाट उधारोमा निर्माण सामग्री लैजाने गरेपनि सरकारले सममयै भुक्तानी नदिदाँ सहकारी समस्यामा पर्दै गएको हो । व्यवसायीहरुले आफ्नो सहकारीबाट ऋण लिने र सरकारले भुक्तानी दिएपछि मात्र ऋण तिर्ने गरेका छन् । सरकारले ढिmलोगरी भुक्तानी तिदाँ सदस्यहरुले सहकारीलाई ऋण सकेका छैनन् । सरकारी कार्यालयहरुले समयमा भुक्तानी नदिँदा सहकारीको उधारो बढेको हो । संस्थाको आर्थिक वर्ष २०७०/०७१ मा मात्रै पाउनु पर्ने हिसाब २१ लाख ४७ हजार आठसय ३६ रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण सामग्रीको मूल्यमा आएको अस्थीरताका कारण व्यवसायीहरुलाई मर्का परिरहेको भन्दै सहकारी अध्यक्ष खड्ग गोपालीले गिट्टी, बालुवा, ढुंगा आपूर्तिमा आएको असहजताका कारण समस्या उत्पान्न भएको बताउनुभयो । ‘जिविसले लगाएको ठेक्काको काम गर्न ढुंगा, गिट्टी ढुवानी गर्दा जिविसले नै अवरोध गरिरहेको उहाँको भनाई छ । क्रसरजन्य उत्पादन विदेश निकासीमा रोक लगाए पनि स्थानीय उपभोगका लागि सहज बनाउनुपर्नेमा सहकारीले जोड दिएको छ । । चुरे संरक्षणको नाममा सरकारले जनतालाई घर बनाउने गिट्टी, बालुवा उपलब्धतामा समेत रोक लगाउनु गैरजिम्मेवारपूर्ण रहेको भन्दै अध्यक्ष गोपालीले ढुंगा, गिट्टी, बालुवाको आन्तरिक खपतका लागि तत्काल खुला गर्न आवश्यक बभएको बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले खोलाको सतह वर्षेनि बढिरहेको र स्थानीय नागरिकले घर शौचालय नै बनाउन नपाइरहेको अवस्थालाई सरकारले गम्भीररुपमा लिनुपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न