रिलायबलको ९ करोड निक्षेप सकंलन, ६ करोड लगानी


काठमाडौं, मंसिर २ । रिलायबल बचत तथाऋण सहकारीले संस्थाको १६ औ बार्षिकोत्सवको अवसरमा प्रभु मनीट्रन्सफरको सेवा समेत प्रदान गर्ने भएको छ । विगत तीन वर्षदेखि आफ्ना ग्राहकलाई वेष्टर्न युनियन मनीट्रान्सफर, ईन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) को रेमिट्यान्स सेवाप्रवाह गर्दै आएको सो संस्थाले अवदेखि प्रभु मनीट्रान्सफरको पनि सेवा प्रदान गर्ने भएको हो ।
संस्थाको १६ औ बार्षिक साधारणसभाले प्रभु मनीट्रान्सफरको रेमिट्यान्स सेवा सुचारु गर्न अनुमति दिएको हो । गत आर्थिक वर्षमा ९ करोड १३ लाख ९३ हजार रुपैयाँ बचत संकलन गरी संस्थाले ६ करोड १६ लाख रुपैया ँविभिन्न क्षेत्रमा लगानी गरेको छ ।
१ करोड ११ लाख ४४ हजार शेयर पुँजी रहेकोमा आगामी बर्षमा शेयरपुँजीलाई बढाएर १ करोड १५ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको संस्थाकी कार्यकारी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले सहकारीले यस वर्ष १० करोड ५० लाख निक्षेप संकलन गर्ने र ८ करोड ५० लाख ऋण प्रबाह गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
उहाँले बैशाखदेखि संस्थाले आफ्नै भवनबाट कारोबार गर्ने पनि बताउनुभयो । त्यसैगरी संस्थाले सञ्चालक समिति सदस्यहरुमा अस्मितत श्रेष्ठ, सुष्मामल्ल, सुनिताश्रेष्ठ र ईशारा गुरुङलाई निर्वाचित गरेको छ । संस्थाले मिलनबाबुमल्ललाई लेखा समितिमानियुक्त गरेको छ भने लेखा समिति सदस्यहरुमा पारशमणी श्रेष्ठ र शरदबाबु श्रेष्ठनिर्वाचित हुनुभएको छ ।
सो साधारणसभामा बोल्दै सहकारी बैैंकका कार्यकारी सञ्चालक एवं संस्थाका लेखा संयोजक केवी उप्रेतिले संस्थाले आफ्ना सदस्यहरुलाई स्पष्ट रुपमा प्रत्येक कामकारबाहीको जानकारी दिएको बतउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान