सहकारीकर्मीलाई श्रृंगार बनाउने तालिम


नुवाकोट, मंसिर २६ । शुभबिहाबनी महिला कृषि सहकारीका सदस्यबाहरुलाई श्रृंगार तालिम दिइएको छ ।
हाम्रो विकास वैंकका लगानीकर्ताहरुको मुनाफाबाट सञ्चालित हाम्रो विकास प्रवद्धन कोषको सहयोगमा उनीहरुलाई तालिम दिइएकोब हो । खानीगाउँ गाविसका १५ जना महिलाहरुलाई क्रिष्टलका गहना तथा श्रृंगारका सामग्री बनाउने तालिम प्रदान गरिएको उक्त सहकारीले जनाएको छ ।
महिलाले हातमा लगाउने बाला, टप, माला, किरिङलगायतका सामग्रीको माग अत्याधिक रहेकाले यी सामग्रीको विक्रीबाट महिलाहरुलाई रोजगारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हाम्रो विकास वैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बताउनुभयो ।
शुभ नवविहानी महिला कृषि सहकारी संस्थाका अध्यक्ष यमुना चित्रकारको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा बोल्दै हाम्रो विकास प्रवद्धन कोषका सदस्य एवं जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले गुणस्तरीय सामानको उत्पादन गर्न सकेमा बजारको अभाव नहुने बताउँदै यसबाट आर्थिक लाभसमेत लिन सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रशिक्षक कमला सुवेदीले चुलो र चौकामा सीमित महिलालाई सीप सिकाएर रोजगार बनाउनका लागि सञ्चालन गरिएको तालिमलाई सही उपभोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका वरिष्ठ सल्लाहकार निर्मलकुमार श्रेष्ठ, शान्तिदेवी प्रधान, लक्ष्मी अमात्य लगायतले मन्तव्य राख्नुभएको थियो । हाम्रो विकास वैंकको प्रवद्र्धकहरुको मुनाफाको ३ प्रतिशत रकम जम्मा हुने कोषबाट सामाजिक क्षेत्रमा लगानी गर्ने वैंकको उद्देश्य अनुसार वैंकले खानीगाउँसहित विभिन्न स्थानमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न
स्थिरीकरण कोषको नीति कार्यक्रम तथा बजेट निर्माण कार्यशाला सम्पन्न