सहकारीमा राजनीति नगर्नुस: उपप्रधानमन्त्री सिंह


काठमाडौँ मंसिर २७ । नेपालको श्रम पलायनलाई रोक्न सहकारी उपयुक्त मोडल हुनसक्ने उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ । नेशनल कोअपरेटर्स एलाइन्स नेपाल काठमाडौँ क्षेत्र नं १ को भेलालाई सम्बोधन गर्दै सिंहले सहकारीमार्फत गाऊँगाऊँमा रोजगारी सृजना गर्न सके महिला तथा युवाहरूले विदेशमा गएर दु:ख झेल्नु पर्ने अवस्थाको अन्त्य हुने धारणा राख्नुभयो । एलाइनस्को नवगठित क्षेत्रिय तदर्थ समितिलाई शुभकामना दिँदै सिंहले सहकारीमा राजनीति नगर्न सुझाव दिनुभयो । एलाइन्सका सहअध्यक्ष भानुभक्त ढकालले सहकारीमा लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नका लागि यस किसिमको संगठन आवश्यक परेको धारणा राख्नुभयो । एलाइन्सका सचिव चन्द्रप्रसाद ढकालले प्रारम्भिक तहदेखि नै सहकारीमा रहेर काम गरेका व्यक्तिहरूलाई सक्रिय रूपमा सहभागी गराई पूर्ण लोकतान्त्रिक र प्रतिनिधिमूलक ढाचामा माथिल्ला संरचनाहरू पूनर्संरचना गरेर लैजानुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका सभाध्यक्ष एवम् नवगठित एलाइन्स काठमाडौँ-१ का क्षेत्रिय समितिका संयोजक सुरजचन्द्र लामिछानेले सहकारी क्षेत्रका आफू भन्दा सक्षम र सक्रिय व्यक्तिहरूले नेतृत्व लिन चाहेमा आफू जुनसुकैबेला पद हस्तान्तरण गर्न तयार रहेको धारणा राख्दै सहकारीको संगठनलाई सहकारीकै भावना अनुरूप चलाउने र यसमा पार्टी राजनीति प्रवेश गर्न नदिने प्रतिवद्दता व्यक्त गर्नुभयो ।???????????????????????????????

भेलाले सूरजचन्द्र लामिछानेको संयोजकत्वमा सुभास खरेल, मीना न्यौपाने, भक्तशंकर श्रेष्ठ, नरहरी दाहाल, सुमन श्रेष्ठ, रेणु भट्टराई, अनिल श्रेष्ठ, प्रेम ओलि, रमेश श्रेष्ठ, प्रेमकृष्ण श्रेष्ठ, शत्रुधन राजभण्डारी, खगेन्द्र दुलाल सदस्य रहेको कमिटि सर्वसम्मत गठन गर्‍यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कलङ्‍की क्षेत्रका साकोस व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्‍न
सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक