उपभोगलाई कम र बचतलाई प्रोत्साहन सहकारीले नै गर्छ: अध्यक्ष बडाल


काठमाडौँ मंसिर २७ । सहकारीले बचतलाई प्रोत्साहन गरेर विदेशी मुद्राको संचितिमा ठूलो योगदान पुर्‍याएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले बताउनुभएको छ । मुलुक समृद्ध हुनका लागि २५ प्रतिशतसम्म बचत हुनुपर्ने भए तापनि नेपालमा ९२ प्रतिशत उपभोगमै खर्च हुने धारणा राख्दै ८ प्रतिशतको बचतमा सहकारीको ठूलो योगदान रहेको बताउनुभयो । ऐँचोपैँचो बचत तथा ऋण सहकारी संस्थ लि. को २१ साधारणसभा तथा रजत वर्षको उद्घाटन कार्यक्रममा बोल्दै बडालले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने र मुलुकका लागि करदाता जन्माइदिने सहकारी क्षेत्रलाई राज्यले अनावश्यक कर थोपरेको आरोप लगाउनुभयो । ऐँचोपैँचोको सधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कोषाध्यक्ष नानीबाबु बुढाथोकीले सहकारी संस्थाहरू आफैँ सुशाषनमा चल्नुपर्ने धारणा राख्नुभयो । संस्थाका संस्थापक अध्यक्ष कपिल न्यौपानेले कुनै दिन आफ्नो घरको कोठामै साधारणसभा गर्न समेत बाध्य हुनुपरेको संस्था आज यो अवस्थामा आइपुगेकोमा गर्व महशुश भएको बताउनुभयो । संस्थाका संस्थापक सदस्य देवेन्द्र अर्यालले संस्थामा रहेका कमीकमजोरीलाई हटाउँदै अझ सुदृढ बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष दयाराम प्रजापतिले संस्थालाई आगामी दिनमा एक्सेस ब्रान्डिङका लागि तयार गरिने जानकारी दिनुभयो । साधरणसभा तथा रजत वर्षको अवसरमा चित्रकला प्रतियोगितामा सहभागी बालबचतकर्ता, एसएलसी उत्तिर्ण, कर्मचारी, सदस्य लगायत विभिन्न व्यक्तिहरूलाई पुरष्कार एवम् सम्मान प्रदान गरियो ।  ??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न