हिमचुलीले सुत्केरी र किरिया खर्च दिने


गोरखा, कार्तिक ३ । गोरखा सदरमुकामको नयाँबजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई सुत्केरी र किरिया दिन शुरु गरेको छ । शेयर सदस्यहरुलाई सेवा दिने उद्देश्यले संस्थाले केही समययतादेखि किुिरया खर्च दिन लागेको हो । त्यस्तै सहकारीले सेयर सदस्यको असामयिक निधन भएमा सो परिवारलाई रु १५ हजार किरिया खर्च उपलब्ध गराउँदै आएको सहकारीका गोवद्र्धन आचार्यले बताउनुभयो ।
अहिलेसम्म आठजनाको परिवारलाई त्यस्तो खर्च उपलब्ध गराएको अध्यक्ष अचार्यले बताउनुभयो । सेयर सदस्यको निधनले परिवारलाई आर्थिक भार नपरोस् भन्नका लागि सहयोग गर्न थालेको उहाँको भनाई छ ।साथै महिला सेयर सदस्य सुत्केरी भएर बसेको अवस्थामा रु एक हजार दिँदै आएको संस्थाका व्यवस्थापक प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार दुई पटकसम्म सुत्केरी हुँदा रकम दिइन्छ । सहकारीमा ९०० सेयर सदस्य छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन