निशुल्क आँखा शिबिर सम्पन्न


 eye 2

भक्तपुर, मंसिर २८ ।महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि. तथा लायन्स क्लव अफ लालवन्दीको संयुक्त आयोजनामा बाल विनायक प्रा.वि. वालकोट २ भक्तपुरमा १ दिने निशुल्क ऑखा शिविर सम्पन्न भएको छ ।
शिबिरमा २ सय ५८ जनाको आँखा परीक्षण गरिएको थियो । ऑखा परिक्षण गराएका मध्ये ११ जनामा मोतिविन्दु फेला परेको र एक जना बालकलाई वि.पि. नेत्र प्रतिष्ठानको ३ महिने पुर्नस्थापना केन्द्रमा राख्न सिफारिस गरिएको अध्यक्ष सृजना शर्मा चुडालले जानकारी दिनुभयो ।eye 1

शिविरमा वि.पि. नेत्र प्रतिष्ठानका दक्ष चिकित्सकद्धारा ऑखा परिक्षण गरिएको तथा मोतिविन्दु भेटिएका ११ ऑखा रोगीको निशुल्क शल्यक्रिया गरिने जानकारी संस्थाका सचिव दुर्गा संजेलले बताउनुभयो ।
महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा सहकारीका सात सिद्धान्तमध्ये समाजप्रतिको उत्तरदायित्वलाई बहन गर्दै संस्थाको स्वास्थ्य उपसमितिको संयोजकत्व शिविरको आयोजना गरिएको संस्थाका संचालक सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक चण्डिका रायले बताउनुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन