सहकारी एकीकरण तथा सुद्धिकरणमा जोड


सिन्धुली, मंसिर २८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानका वर्तमान उपलव्धि र भावी सम्भावनाहरुलाई व्यवस्थापन गर्न सहकारीहरुवीच एकीकरण र सुद्धीकरण अनिवार्य रहेको बताउनुभयो । आज सिन्धुलीमा जिल्ला बचत तथा ऋण सहकारी संघको सातौं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशन उदघाटन गर्दै पौडेलले उक्त कुरा बताउनु भएको हो । सहकारीहरुको विनियम, नीति, सञ्चालन पद्धति र व्याजदरमा अनेकता देखिएकोले यसको व्यवस्थापन नगरे सहकारी अभियान दुर्घटनामा पर्नसक्छ । सहकारीको सुशासन, अनुगमन र नियमन कमजोर छ । गलत प्रवृतिहरु हावी भएका छन । त्यसलाई तत्काल रोक्न जरुरी छ, पौडेलको कथन थियो । सहकारीको पूंजी, संगठन र सम्भावनालाई एकीकृत र गुणात्मक बनाउन नेफ्स्कूनले साकोस युनिफिकेशन नीति कार्यान्वयन गर्न लागेको बताउदै पौडेलले त्यसका लागि सहकारी संघसंस्था र सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष पार्वती भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसी, जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष नवराज पौडेल, पूर्वअध्यक्ष रामप्रसाद भण्डारी, डिभिजन सहकारी कार्यालय जनकपुरका रामप्रित यादव, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामबहादुर विश्वकर्मा, जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष विष्णुप्रसाद देवकोटा, जिल्ला सहकारी सञ्जालका संयोजक कृष्णप्रसाद गौतम, सहमति सिन्धुलीका प्रमुख बलराम दुवाडी, रेडियो सिद्धबाबाका स्टेशन मेनेजर टिकाजंग थापा, नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सदस्य रोहित झा र जिल्ला अध्यक्ष छत्रबहादुर श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव बालकुमारी श्रेष्ठ र स्वागत उपाध्यक्ष शान्ता मैनालीले गर्नु भएको थियो ।

कार्यक्रममा सान्त्वना बचत तथा ऋण सहकारी संस्था र सन्तोषी बचत तथा ऋण सहकारी संस्थालाई प्रमुख अतिथि नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले सम्मान गर्नुभएको थियो ।

उदघाटन समरोहपछि आयोजित वन्दसत्रमा संघका सहसचिव खोमकुमारी पोखरेल, कोषाध्यक्ष गीता देवकोटा र लेखा सदस्य मिथुला प्याकुरेलको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । वन्दसत्रले बालकुमारी श्रेष्ठको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ । समितिममा उपाध्यक्ष शान्ता मैनाली, महासचिव मिथुला प्याकुरेल, कोषाध्यक्ष गीता देवकोटा र सदस्यहरु टोमनाथ काफले (राष्ट्रिय प्रतिनिधिसमेत), शम्भुप्रसाद गजुरेल, मोहनबहादुर श्रेष्ठ, राजकिशोर श्रेष्ठ, ईन्द्रकुमारी हायु, सुर्यप्रसाद पहाडी र पुष्प धामी हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा संयोजक फणिन्द्र ढुंगेल र सदस्यहरु कल्पना बराल र नवराज श्रेष्ठ हुनुहुन्छ ।

जिल्लामा १३८ बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये ५८ संस्था आवद्ध रहेको जिल्ला संघमा करीव वीस लाखको कारोवार गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने