‘राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’


उदय बीसी दाङ, मंसिर२८ । राप्ती अञ्चलकै सबैभन्दा ठूलो राप्ती वचत तथा ऋण सहकारी संस्था घोराही दाङको १७ औं वार्षिक साधारणसभा घोराहीमा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतबहादुर बुुढाथोकीको अध्यक्षता तथा संस्थापक अध्यक्ष ओमभक्त बुुढाथोकीको प्रमुुख आतिथ्यमा भएको कार्यक्रममा सचिव नित्यानन्द शर्माले प्रगतिप्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।
त्यसैगरी संस्थाका कोषाध्यक्ष श्रीधरकुुमार अधिकारीले संस्थाको आर्थिक २०७०/७१ को आर्थिक प्रतिवेदन एवं आव २०७१/७२ को अनुुमानित आयव्य प्रस्तुुत गर्नुभएको थियो । सो अवसरमा उहा“ले गत वर्ष ६४ करोड ९१ लाख ६४ हजार ९ सय ५२ रुपैया“ निक्षेप संकलन गरेको र यस आवमा ६० करोड २४ लाख निक्षेप संकलन गर्ने अनुमान गरेको जानकारी दिनुुभयो । त्यस्तै संकलित पुु“जीलाई सदस्यहरुको आर्थिक उत्थानको लागि व्यसायको स्तर हेरी सर्वसुुलभ ऋण लगानी गर्ने नीति अनुरुप विभिन्न कर्जा शिर्षकहरुमा गत वर्ष ३६ करोड १४ लाख ५० हजार ५ सय ६८ रुपैया“ रहेको र यसवर्षमा ३६ करोड पुु¥याउने लक्ष्य राखिएको कोषाध्यक्ष अधिकरीले बताउनुुभयो ।
त्यसैगरी गत वर्ष ऋण असुुली ३१ करोड ९ लाख ३३ हजार ७ सय ३३ रहेकोमा यस वर्ष २९ करोड ८० लाख पुु¥याउने संस्थाको लक्ष्य छ । आर्थिक वर्ष २०७०÷७१ को असार मसान्तसम्ममा संस्थाको कुुल आम्दानी ४ करोड ३७ लाख ३६ हजार ५ सय ९४ रहेको र खुुद बचत १ करोड २५ लाख २८ हजार ५ सय ४६ रहेको जानकारी दिइएको थियो । सहकारी नीति अनुुसार संस्थापकहरुको नामावली सदस्यबाट कटौती गरिन लागेकाले गत वर्षको भन्दा निक्षेप संकलनलगायत केही आर्थिक गतिविधिमा यसवर्ष घट्ने संस्थाले जनाएको छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक प्रकाशकुुमार केसीले प्रस्तुुत गर्नुभएको थियो । सो अवसरमा विशिष्ट अतिथि सभासद एवं संस्थाका शेयर सदस्य अनिता देवकोटा, अम्विकेश्वरी सहकारी संघका अध्यक्ष डिल्लीबहादुुर खड्का, साझेदारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, घोराही सहकारीका अध्यक्ष दुुर्गाप्रसाद पाण्डे, नमस्ते वित्तीय संस्थाका प्रमुुख कार्यकारी भुुपाल गिरी, हातेमालो सहकारीका सचिव निमानन्द भुुसाल, व्रहा वचतका लक्ष्मण वुुढा, ट्रेड युुनियन कांग्रेसका वमबहादुुर डिसीलगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बोल्ने वक्ताहरुले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुका साथै सहकारी नीतिलाई उचित रुपमा अवलव्न गर्न सके मुुलुुकको आर्थिक विकास सहकारीबाटै हुुने बताए ।
कार्यक्रममा राप्ती वचत वर्ष व्यक्तित्व २०७१ को सम्मान मर्नाेउप्रान्त स्व. यज्ञबहादुर बुुढाथोकीलाई र शारदादेवी श्रेष्ठलाई दिइएको थियो भने १५ जना असल वचतकर्ता र संस्थाका कर्मीचारीहरुलाई सम्मान गरिएको थियो । संस्थाका शिक्षा उपसमितिका संयोजक कृष्णप्रसाद लम्सालको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन वोर्ड सदस्य रामबहादुुर कुुँवरले गर्नुभएको थियो । राप्तीकै सफल र ठूलो वचत तथा ऋण सहकारी संस्थाको रुपमा २०५४ सालमा स्थापना भएको उक्त सहकारी संस्थाका हालसम्म महिला २ हजार ७ सय ३२ र पुुरुष ३ हजार २ सय ८३ गरी ६ हजार १५ जना सदस्यहरु रहेका छन् । घोराहीमा केन्द्रीय कार्यालय रहेको राप्ती सहकारीले अहिले दाङका तुुलसीपुुर, नारायणपुुर र लमहीमा वचत संकलन केन्द्रका स्थापना गरेर निक्षेप संकलन गर्दै आएको छ भने केही वर्षदेखि सहकारी बैंक समेत सञ्चालन गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी