ज्योति सहकारीको साधारणसभा सम्पन्न


काभ्रे, मंसिर २८ । ज्योति वहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कार्यवाहक अध्यक्ष पुरुशोतम देवकोटाले असार मसान्तसम्म सेयर सदस्यबाट ३ करोड ९४ लाख ५० हजार सेयर पूँजी संकलन गरी बचत रकम ४५ करोड ४ लाख ८० हजार एकसय २१ रुपैयाँ पुरयाएको जानकारी दिए । त्यस्तै साधारण जगेडा तथा अन्य कोषहरु २ करोड ८७ लाख ८५ हजार ७ सय ४७ रुपैयाँ पुगेको छ भने कुल दायित्व तथा सम्पत्ति ६१ करोड ८० लाख २६ हजार ४ सय ७२ रुपैयाँ पुगेको संस्थाले जनाएको छ । हाल २६३० जना सेयर सदस्य रहेको संस्थाले सदस्यहरुलाई स्वास्थ तथा दैवी प्रकोप राहत खर्च, मृत्यु र दुर्घटनालगायतका राहत खर्च प्रदान गर्दै आएको छ । साथै संस्थाले ६० वर्षभन्दा बढी उमेरका सदस्यलाई नेपालभित्रको वढीमा पाँचदिने तीर्थाटन भ्रमणको व्यवस्था गर्ने भएको छ भने चारघामको पनि भ्रमण गराउने भएको छ । संस्थामा लगातार १५ वर्ष सदस्यता प्राप्त गरेका जेष्ठ नागरिकलाई जीवनकालमा एकपटमात्रै चारधाम भ्रमणको व्यवस्था गरिएको छ । सो अवसरमा संस्थाका सचिव तथा सहकारीविज्ञ मुकुन्द दहालले संस्थाका भावी योजनाबारे प्रकाश पारेका थिए भने कोषाध्यक्ष पम्फा थपलियाले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गायत्रीरमण घिमिरेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले बृद्धाश्रम निर्माणका लागि बनेपामा सात रोपनी जग्गासमेत खरिद गरेको छ । सो अवसरमा काभ्रेस्थित जिल्ला पशु सेवा कार्यालयकी प्रमुख डा. संझना काफ्लेलगायतले समाज परिवर्तनमा सहकारीको योगदानबारे चर्चा गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न