कृषि सिक्दै समाज सुधार सहकारी


इलाम, मंसिर २८ । मुलुकका नमूना सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्धेश्यले बाराको डुमरवानामा रहेको समाजसुधार कृषि सहकारी संस्था ईलाम बजार पुगेको छ ।

ईलाममा रहेको चियावारी कृषि सहकारी संस्था र ईलाम दुग्ध उत्पादक सहकारी संस्थासमेतको स्थलगत अवलोकन गरेको छ । टोलीमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोेत्तम पोखरेल, संस्थाका अध्यक्ष नारायणदत्त अधिकारी, व्यवस्थापक रविन्द्र भण्डारी, शिक्षा तथा तालीम संयोजक सीमा ठकुरीलगायत ३७ जना सहभागी रहेका छन ।ilam 2

ईलामपछि सुनसरी, झापा, धनकुटा र मोरङका विभिन्न उत्कृष्ट सहकारी संस्थाहरुको स्थलगत अवलोकन भ्रमण गर्ने, राष्ट्रिय सहकारी बैंकको २९ गते बिराटनगरमा हुने एघारौं वार्षिक साधारणसभामा सहभागी भएर फर्कने कार्यक्रम रहेको छ ।

तीन वर्षअघि स्थापना भएको समाजसुधार कृषि सहकारीले कृषक सदस्यहरुको जीवनस्तर सुधारका लागि उन्नत जातको वीउबिजन उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने, सामुहिक खेती र बचत तथा ऋणको कारोवारसमेत गरिरहेको छ । संस्थाले गत वर्ष डिभिजन सहकारी कार्यालयले उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको समाजसुधारलाई यस वर्ष राष्ट्रिय सहकारी बैंकले एघारौं वार्षिक साधारणसभामा उत्कृष्ट व्यवसाय पुरस्कार प्रदान गर्दैछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न