हरितनगरी कृषि सहकारीको कारोबार २९ लाख बढी


इलाम, कार्तिक ३ । हरितनगरी कृषि सहकारी संस्थाको कारोबार बढ्दै गएको छ । उक्त संस्थाले ३९ लाख ११ हजार बराबरको आर्थिक कारोबार गर्दै आएको छ ।
हरित नगरी कृषि सहकारी संस्थाको दोश्रो साधारण सभाका क्रममा पाँचसय ५२ जना शेयर सदस्य रहेको संस्थाको आर्थिक बर्ष ०७०÷७१ मा दैनिक बचत ३० लाख ५२ हजार २ सय ३७ रुपैयाँ निक्षेप रहेको जानकारी दिइएको थियो । संस्थाको मासिक बचत ५ लाख २३ हजार ७ सय ९१ रुपैया रहेको छ । शेयर पुँर्जी तर्फ ३ लाख ३५ हजार रहेको संस्थाले प्रस्तुत गरेको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।
संस्थाको चालु आर्थिक बर्षमा कुल नाफा २९ हजार ९ सय ४० रुपैंया ३ पैसा रहेको छ भने जम्मा आम्दानी रकम ४ लाख ४५ हजार १ सय ६० रुयैयाँ ३३ पैसा रहेको छ । गत आर्थिक बर्ष २०६९/७० को कुल कारोवार २७ लाख २१ हजार, ६ सय ३७ रुपैयाँ बरावरको रहेको समेत सभामा प्रस्तुत गरिएको थियो ।
सुकिलुम्बा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष विष्णुकुमारी दहाल र हरितनगरी कृषि सहकारी संस्थाकी अध्यक्ष पुष्पा खाकीले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो । संस्थाका व्यावस्थापक अर्जुन पोखरेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाले हाल सम्म गर्दै आएको प्रगती विवरण, आयव्याय, दैनिक बचत, कुल नाफा, संस्थाको भावी निति, सहरकरी सम्वन्धी निति लगायतका विषयमा प्रस्तुत गरेका गर्नुभएको थियो । यस्तै संस्थाले छोटो समयमै राम्रो नाफा कमाउन सफल भएकोले आगामी बर्ष सम्ममा एक करोड सम्मको कारोवार गर्ने लेखा समितिकी संयोजक ज्योतिमाला प्रधानले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न