जनताको आर्थिक जीवनस्तर उकास्न ध्यान देऊ–वनमन्त्री


दोलखा, मंसिर २९ । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले सहकारीले जनताको जीवनस्तर उकास्नमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सहकारीले सदस्यलाई मनग्य लाभ हुने गरी सेवा दिन सक्नुपर्ने उहाँको भनाई थियो । चेतनशील बचत तथा ऋण सहकारी संस्था दोलखाको नवनिर्मित भवन उद्घाटन गर्द मन्त्री आचार्यले सहकारीमा पैसावालाले मात्र नभई साना बचतकर्ताले विशेष सम्मान गर्न आग्रह गर्नुभयो ।
जनताको आर्थिकस्तर उकास्ने सहकारी भएपनि त्यसअनुरुप केही सहकारी चल्न नसकेको उहाँले गुनासो गर्नुभयो । मन्त्री आचार्यले सहकारी ब्रगेल्ती खेलेपनि सदस्यलाई सेवा दिन नसकेकाले मर्ज गर्न आवश्यक देखिएको बताउनुभयो ।
चेतनशील सहकारीको कूल चुक्तापूँजी २३ लाख ५९ हजार ४ सय रहेको छ भने कूलपूँजी २ करोड ७२ लाख ४८ हजार रुपैयाँ रहेको छ । सहकारीले नाम्दू–४, घिमिरेटारमा ३३ लाख ३६ हजार ४ सय ७३ रुपैयाँ लागतमा २ तलाको भवन निर्माण गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन