महिला हित सहकारीमा नयाँ नेतृत्व


बागलुङ, पुस १ । महिला हित बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ ।
लिलादेवी खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको १३ औ वार्षिक साधरणसभा तथा पाचौ अधिवेसनले खड्कालाई पुन अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा शकुन्तला शर्मा, सचिव लक्ष्मी बास्कोटा, सह सचिव शान्ति ज्ञवालि र कोषाध्यक्षमा मनमाया श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यमा शन्तु खड्का, सीता खड्का, सुजना नेपाली, शान्ति पन्त, लक्ष्मी केसी इन्द्रा थापा चुनिनुभएको छ । लेखा समिति संयोजकमा मिना खड्का सदस्यमा रुद्र केसी र भगवति सापकोटा तथा शिक्षा उप समितिको संयोजकमा मञ्जु क्षेत्री चयन हुनुभएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार अशोकगोविन्द राजभण्डारी, रामचन्द्र शर्मा, ममता देवि शर्मा, शिक्षा उप समिति संयोजक शान्ति ज्ञवालि, निवर्तमान अध्यक्ष खड्ककुमारी खड्का, लेखा समिति संयोजक शकुन्तला शर्मा, सेयर सदस्य टिकाकुमारी भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष मनमाया श्रेष्ठले ६ करोडको कारोबार र ३७ लाखको आय व्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रम संस्थाका अध्यक्ष खड्कको अध्यक्षता, स्वागत शन्तु खड्का र सचिव लक्ष्मी बास्कोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु