पूर्वाञ्चलका उत्कृष्ट सहकारीको कृषि नमूना सिको गरिने


बारा, पुस १ । बाराको डुमरवानामा रहेको समाजसुधार कृषि सहकारी संस्थाले पूर्वाञ्चलका उत्कृष्ट सहकारी संस्थाहरुले नमूना उत्कृष्ट कृषि नमूना सिको गर्ने भएको छ ।  कृषिको विकासका लागि त्यहा संस्थाले गरेका केही कामको  सिको गर्ने तयारी गरेको हो ।
पूर्वाञ्चलका उत्कृष्ट सहकारीअवलोकन भ्रमणबाट सिकेका कुरा व्यवहारमा लागु गर्न र कृषि क्रान्ती गर्न लागि पर्ने जनाएको हो । मुलुकका उत्कृष्ट सहकारी संघसंस्थाहरुको स्थलगत अवलोकन तथा अध्ययन गरी ज्ञान, सीप र क्षमता आर्जन गर्ने उद्धेश्यले उक्त भ्रमण आयोजना गरेको जनाएको छ ।

भ्रमण टोलीमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोेत्तम पोखरेल, संस्थाका अध्यक्ष नारायणदत्त अधिकारी, व्यवस्थापक रविन्द्र भण्डारी, शिक्षा तथा तालीम संयोजक सीमा ठकुरीलगायत ३७ जना सहभागी रहेका थिए ।

टोलीले इलाम, धनकुटा र मोरङलगायत जिल्लाका विभिन्न सहकारी संस्थाहरुको अध्ययन गरेको छ । अध्ययनक्रममा किसान सदस्यहरुको उत्पादनशैलीलाई प्रविधियुक्त र गुणस्तरीय बनाउने, बजारीकरणको क्रममा देखिएका बिचौलियाको समस्या हल गर्ने र ग्रामिण किसानहरुको आयआर्जन अभिवृद्धि गरी जिविकामा परिवर्तन ल्याउने ज्ञान आर्जन भएको भ्रमण टोलीका सदस्य रामचन्द्र लामिछानेले बताए ।

यसैवीच समाजसुधार कृषि सहकारी संस्था डुमरवाना उत्पादनतर्फ उत्कृष्ट सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको एघारौं वार्षिक साधारणसभामा सम्माननीय उपराष्ट्रपति परमानन्द झा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, बैंकका अध्यक्ष रमेश पोखरेल र प्रवन्ध सञ्चालक केबी उप्रेतीले संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीलाई सम्मान गर्नु भएको हो । यसअघि बाराको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमरा र साना किसान कृषि सहकारी संस्था डुमरवानालाई बैंकले उत्कृष्ट कारोवारकर्ताको रुपमा सम्मानित गरेको थियो ।

तीन वर्षअघि स्थापना भएको समाजसुधार कृषि सहकारीले कृषक सदस्यहरुको जीवनस्तर सुधारका लागि उन्नत जातको वीउबिजन उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने, सामुहिक खेती र बचत तथा ऋणको कारोवारसमेत गरिरहेको छ । भ्रमण र पुरस्कारले संस्थालाई थप व्यवस्थित बनाउन उर्जा मिलेको व्यवस्थापक रविन्द्र भण्डारीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने