शित भण्डार निर्माण हुने
चितवन, पुस २ चितवनको चनौलीमा शीतभण्डार निर्माण शुरु हुने भएको छ । चनौली शीतभण्डार सहकारी संस्थाले १३ करोडको लगानीमा खाद्यन्न तथा तरकारीको शीतभण्डार निर्माण गर्ने भएको छ । दुई हजार २०० मेट्रिक टन क्षमता रहेको शीत भण्डार छिट्टै निर्माण गरी सक्ने संस्थाले जनाएको छ । कृषकले उत्पादन गरेको खाद्य सामग्री संरक्षण र भण्डारण गरी उचित मूल्य प्रदान गर्नका लागि भण्डार निर्माण गर्न थालिएको चितवन चनौली शीतभण्डार सहकारी संस्थाले जानकारी दिएको छ । शीतभण्डारमा नेपाल सरकारको ५० प्रतिशत अनुदानमा रहने छ भने मध्यक्षेत्रका २३ जिल्ला समेट्ने शीतभण्डारमा सर्वसाधारणका लागि समेत सेयर खुला भएको बताइएको छ ।