अनुदानको मल गुणस्तरहीन भएको गुनासो


नपलपरासी, पुस ३ । सरकारले वितरण गर्ने अनुदानको मल गुणस्तरहीन हुने गरेको खुलेको छ । सरकारले सहकारीमार्फत सहुलित मल अनुदानमा वितरण गर्ने गरेपनि गुणस्तरहीन हुने गरेको पाइएको छ ।
सरकारी अनुदानमा किसानलाई जिल्लामा पठाइएको रासायनिक मल गुणस्तरहिन भएको फेला परेको बताइएको छ। कृषि सामाग्री कम्पनिमार्फत पठाइएको यूरिया मल गुणस्तरहिन भएको भन्दै किसानले मल फिर्ता लैजान सरकारसँग माग गरेका छन्।
जिल्लाका अधिकांश सहकारी संस्थामार्फत् किसानलाई उपलव्ध गराउँदै आएको यूरिया मल धूलो भएको फेला परेको हो । सरकारले अनुदानको भन्दै ठग्ने काम गरेकाले आफ्नो रकम फिर्तासहित गुणस्तरहिन मल हाल्दा बालिनालिमा पुस्याएको नोक्सानीको क्षतिपुर्तिको माग गर्न थालेका छन् ।
पानी परेसँगै सहकारी संस्थामा मल लिनका लागि किसानको भीड बढेको छ। जिल्लामा २ हजार टन यूरिया, १३ सय टन डिएपी र ७५ टन पोटासको माग छ। तर पछिल्लो समयमा मल धुलो भेटिएपछि किसान तनावमा छन् ।
कृषि सामाग्री कम्पनिको भैरहवा अञ्चल कार्यालयमार्फत जिल्लामा पठाइएका ५० बोराका अधिकांश मलमा धूलो रहेको पाइएको हो। परासी आदर्श सहकारी बहुमुखी सहकारी संस्थामा आइतबार पुगेका स्थानीय किसान विरेन्द्र गुप्ताले आफूले खरिद गरेको यूरियाको बोरा छाम्दा धूलो भएको बताउनुभयो ।
किसान रामसेवक केवटले मल छर्किदा खेतको टाढासम्म जानुपर्ने हो तर धुलो भएकाले जहाँ छर्‍यो त्यी खस्ने गरेकोले समस्या भएको बताउनुभयो । अधिकांश मल गेडा नभई ढुलो भएको उहाँको भनाई छ ।
अहिले जिल्लामा ९ सय २३ टन यूरिया मल वितरणका लागि जिल्ला सहकारीमा बिक्रि भइसकेको कृषि सामाग्री कम्पनि परासीले जनाएको छ। यसमा आधाभन्दा बढीमा धुलो भेटिएको छ। सरकारले कृषि सामाग्री कम्पनि र साल्ट ट्रेनिङ्गमार्फत किसानलाई अनुदानमा मल उपलव्ध गराउँदै आएको छ।
कृषि सामाग्री कम्पनिको भैरहवा अञ्चल कार्यालयमार्फत जिल्लामा पठाइएका ५० बोराका अधिकांश मलमा धूलो रहेको पाइएको हो। सामान्यतया यूरिया मल दुई प्रकारका हुने कृषि सामाग्री कम्पनि परासी उपशाखाका का मु प्रबन्धक पदमराज पौडेलले बताउनुभयो । एकथरी जुनेला मकैका जस्तो दाना हुन्छ, अर्को भने मोटो चिनीजस्तो हुनुपर्ने भन्दै धुलो मल आएको बारे जानकारी नभएको उहाँको भनाई थियो ।
कम्पनिको भैरहवा अञ्चल कार्यालयबाट आउने उक्त मल ५० केजीको बोरामा छ। जसलाई ९ सय ४१ मा जिल्ला सहकारी कार्यालयमा बिक्रि गर्ने गरेको छ भने सहकारीले सम्बन्धीत सहकारी संस्थामा २५ रुपैयाँ थप गरि विक्रि गर्ने गरेको छ। किसानसँग पुग्दा मल ५० केजीको यूरिया मललाई  १ हजार २० पर्छ ।
परासी साझा सहकारी संस्थाका व्यवस्थापक सञ्जय सिंहले त्यसबारे धेरै किसानहरु सहकारीमा आएको बताउनुभयो । किसानले भनेपछि हामीले पनि बोरा खोलेर हेर्‍यौ’ उहाँले भन्नुभयो । मैदाजस्तो र टल्कने धुलो देखिएकाले सो बारे कृषि सामाग्री कम्पनिको परासीस्थित उपशाखामा जानकारी गराएका छौं।’ किसानले यो मल काम छैन भन्दै पैसा फिर्ता माग्छन् हामीले कहाँबाट दिनु ? उहाँले भन्नुभयो ।
गुणस्तरिहिन मल बारे कम्पनिका भैरहवास्थित क्षेत्रिय कार्यालयका अञ्चल प्रबन्धक अजय श्रीवास्तवले भन्सारबाट आउँदा सहकारीको ल्याब टेस्ट भएर आउने मलमा खराबी नदेखिनु पर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर