उत्कृष्ट सहकारी पुरस्कृत
काठमाडौं, पुस ४ । नेफ्स्कुनले उत्कृष्ट साकोसको रुपमा दोलखाको मिलिजुली बचत तथा ऋण सहकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै महिला सहकारीमा नारी कल्याण महिला बचत तथा ऋण सहकारी संस्था भक्तपुरलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट जिल्ला संघका रुपमा मकवानपुर जिल्ला बचत संघलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै अन्य व्यक्ति तथा संस्थालाई पनि नेफ्स्कुनले पुरस्कृत गरेको थियो ।