महिला केन्द्रिय संघको माग जायज: सहकारी सचिव


काभ्रे, पुस ६ । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले महिलाहरूले हिनताबोधलाई हटाई जुनसुकै काममा अघि बढे पनि सफल हुने बताउनुभएको छ । हिजो काभ्रेको नालामा आयोजित महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा त्यसै संस्थाद्वारा उत्पादित प्रभावकारी शुक्ष्म जैविक तत्व EM उत्पादक कारखानाको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सचिव गौतमले कृषिको उत्पादन र वजारीकरणमा नै जोड दिन सुझाव दिनुभयो । संस्थाका उपाध्यक्ष मीना बरालले संस्थाको पृष्ठभूमी बारे चर्चा गर्दै देश भरीका महिला सहकारीको छाता संगठनको माग गर्दा यस किसिमको प्रारम्भिक संस्था मात्र दर्ता गर्न दिइएको बताउनुभयो । महिला उद्यमी उपभोक्ता सहकारीबाट जतिसुकै प्रभावकारी काम गरेपनि देशभरीका महिला सहकारी संस्थाको विकास र व्यवसायिक विस्तारका लागि महिला सहकारीको केन्द्रिय संघ नै चाहिने माग राख्नुभयो । राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले छोटै समयमा पनि संस्थाले प्रभावकारी काम गर्न सफल भएको बताउनुभयो । ढकालले महिलाहरू नेतृत्वपंक्तिमा पुग्नका लागि छुट्टै संगठनको आवश्यक्ता महशुश गरेको धारणा राख्नुभयो । राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक कृष्णप्रसाद दाहालले महिलाको संघ हुनु नहुनु भन्दा पनि सहकारीका निकायमा महिलाको प्रतिनिधित्व कति छ भन्ने कुरा महत्पूर्ण रहेको भन्दै प्रारम्भिक र जिल्ला तहदेखि नै आफ्नो सहभागिनताका लागि अभ्यास गर्न सुझाव दिनुभयो । संस्थाका सदस्य शान्ति गुरूङले यो संस्थाको गतिबिधिबाट महिलाहरू संगठित हुन पाउँदाको प्रभाव देखाइसकेको भन्दै देशभरका महिला सहकारी संस्थाको व्यवसाय विस्तार गर्न संघ नै आवश्यक रहेको बताउनुभयो । सचिव गौतमले महिलाको केन्द्रिय संघको माग जायज रहेको भन्दै विद्यमान कानूनमा कुनै परिवर्तन गर्नु पर्ने भए सोको लागि पनि आफूले पहल गर्ने बताउनुभयो ।

संस्थाले उत्पादन गरेको EM को बारेमा जानकारी दिँदै संस्थाका सहसचिव निर्मला श्रेष्ठले यसलाई विषादिको विकल्पका रूपमा विभिन्न काममा प्रयोग गर्न सकिने बताउँदै यसको प्रयोग विधि बारे समेत जानकारी दिनुभयो । संस्थाका सचिव दुर्गा आचार्यले संस्थाले वर्षभरि गरेका कार्यक्रमहरू बारे जानकारी दिनुभयो । साधारण सभाले शान्ति गुरूङको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गर्‍यो । निर्वाचित हुने पदाधिकारीमा उपाध्यक्ष मीना बराल, सचिव दुर्गा आचार्य, सहसचिव निर्मला श्रेष्ठ, कोषाध्यक्ष हर्कला गौतम हुनुहुन्छ भने सञ्चालक समिति सदस्यमा प्रेमलता गौतम, सुलोचना स्याङ्तान, शुशिला भण्डारी, रूपा श्रेष्ठ, निर्मला न्यौपाने कार्की, मीना सिग्देल, तिर्थमाया प्रधान, दुर्गा आचार्य रहनुभएको छ । त्यसै गरी नवनिर्वाचित लेखा सुपरिवेक्षण समितिका संयोजकमा देवका श्रेष्ठ तथा सदस्यमा शर्मिला अधिकारी र भवानी श्रेष्ठ रहनुभएको छ ।??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक