प्रतिभाको शेयर पूँजी २ करोड पुग्यो


काठमाडौ, पुस ६ । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी २ करोड बढी पुगेको छ ।
चौधौँ बार्षिक साधारणसभाका अवसरमा संस्थाको आर्थिक तथा बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष माधब प्रसाद तिमल्सिनाले आर्थिक बर्ष२०६९/७०मा संस्थाको शेयर पूँजी २ करोड २ लाख ५० हजार ४ सय रुपैया रहेकोमा आर्थिक बर्ष २०७०/७१मा बृद्धि भै २ करोड ९ लाख ३४ हजार रुपैयाँ पुगेको बताउनुभयो ।
यस्तै संस्थाले आर्थिक बर्ष २०७०/७१ सम्म १३ करोड ९१ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाले आफ्नो उद्देश्य बमोजिम कृषि र उत्पादन क्षेत्रमा सक्रिय भएर विभिन्न परियोजना समेत संचालन गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन